पोखरा र भरतपुर महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्डको काम चल्दै

-


     क्लिक गण्डकी     
     कार्तिक ७ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्डको काम चल्दै

पोखरा महानगरपालिकाका विद्युतीय तार अन्डरग्राउण्डको काम चल्दै

सागर राज तिमिल्सिना
पोखरा, ७ कात्तिक/ पोखराको सडकबाटै सेता हिमालहरु हेर्न थाल्यो पोलमा टाङगिएका तार बाधक बन्ने । खुलेको हिमाल देखेर यसो फोटो खिच्न थाल्योकि बिजुली, इन्टरनेट र टेलिफोनका तारहरु आगडी देखी हाल्ने । पोखरामा तारहरुले कुरुप बताए पछि त्यसैको निदानका तार अन्डरग्राउण्ड गर्न पोखरा र भरतपुरमा शुरु भएको छ ।

नेपाल विद्युत प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार अन्डरग्राउण्ड काम अगाडी बढेको छ । पहिलो चरणमा पोखरा अन्तराष्ट्रि बिमानस्थल देखी लेकसाईड सम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउण्डको काम आगडी बढेको छ ।

पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका बितरण प्रणाली सुदृढिकरण आयोजना अन्र्तगत बिद्युतीय तार भुमिगत गर्ने काम भइ रहेको हो । पोखरामा अहिले सम्म ३० प्रतिशत काम भएको छ भने भरतपुरमा ५० प्रतिशत काम सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुबेदीले बताए ।

उनले मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने बताए । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विच्छ्याइनेछ । अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्ने उनले सुबेदीले बताए । पोखराको अन्तराष्ट्रिय बिमानस्थलको १०० मिटर पुर्व बाट शुरु भएर न्युरोडको दायाँ बायाँ, रत्कनचोक, लेकसाईडको सबै क्षेत्रमा पूग्ने उनले बताए ।

विद्युत् लाइन जमिनमुनि विछ्याउँदा अव्यवस्थित तार, पोलबाट मुक्ति पाउने पोखरा महानगर पालिकाका प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनले तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटना समेत न्यूनीकरण हुने बताइए । तारलाई अन्डरग्राण्ड गरी सकेपछि पोखरा मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि हुने छन् । तारहरु भुमिगत हुदाँ पोखरा सौन्र्दयता बढ्ने उनको भनाई छ ।

भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने आयोजना प्रमुख सुबेदीले बताए । तार विछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनको भनाई छ । पोखरा वितरण केन्द्रअन्तर्गत विद्युतका ९४ हजार १ सय ६५ ग्राहक छन् । वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सख्या हो ।

पोखराको एक अर्व तीस करोड रुपैया लागतमा निर्माण सम्झौता भएको यो आयोजानाको निर्माण कार्य भारतिय निर्माण कम्पनी टाटा प्रोजेक्टस् लिमिटेडले लिएको छ । सम्झौता अनुसार आगामी जनवरी सम्ममा सक्नु पर्ने हुन्छ । भरतपुर सहितको तार विछ्याउन दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लगाइएको प्राधिकरण जनाएको छ । दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको छ । तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गर्नेछ ।