
प्रहरीको भुमिका महत्वपुर्ण छ मुख्यमन्त्री पाण्डे, रेग्मी उत्कृष्ट अभिलेख व्यवस्थापन
पोखरा, ३० असोज, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सिमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
“६८ औं प्रहरी दिवस २०८०” का अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा पुरस्कार वितरण कार्यक्रममा पाण्डेले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताए ।
नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको बताए । प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आँफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आँफूलाई उत्तिकै सक्षम बनाएको बताए ।
उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमर प्रहरीका परिवारजन, गण्डकी प्रदेश प्रहरी विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार समेत प्रदान गरे । मुख्यमन्त्री पाण्डेले उत्कृष्ट जिल्ला प्रहरी कार्यालय प्रमुख जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवर, उत्कृष्ट अनुसन्धानकर्ता प्रबनानि राम बहादुर क्षेत्री, उत्कृष्ट बाह्य प्रशिक्षक प्रनानि रुद्र बहादुर दरै र प्रज किरन थापा, उत्कृष्ट सूचना सम्प्रेषण तथा जनसम्पर्क तर्फ प्रहरी सहायक निरीक्षक सहदेव पौडेल, उत्कृष्ट अभिलेख व्यबस्थापन तर्फ प्रहरी सहायक हवल्दार कृष्ण रेग्मी, उत्कृष्ट सवारी चालक तर्फ प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा र उत्कृष्ट साहसिक तथा जोखिम व्यबस्थापन तर्फ प्रहरी जवान कुमार फाल मगर लाई प्रशंसा पत्र प्रदान गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताए । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश प्रहरी उपरिक्षक बिनोद शर्माले बाचन गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यलयका कृष्ण रेग्मी उत्कृष्ट अभिलेख व्यवस्थापन
नेपालभरबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी सहायक हवल्दार कृष्ण रेग्मीलाई उत्कृष्ट अभिलेख व्यवस्थापनबाट सम्मानीत भएका छन् । नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन २०८० मा उत्कृष्ट हुन सफल भएका छन् ।
रेग्मीले गण्डकी प्रदेश प्रहरी कार्यालयको अभिलेख व्यवस्थापन उत्कृष्ट राख्न उल्लेखनीय योगदान दिएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौले प्रशंसा पत्रले सम्मान गरेको हो । प्रहरी दिवसको असवर पारेर नेपाल प्रहरीले उत्कृष्ट प्रहरीहरुलाई सम्मान गर्दै आएको छ ।





