
मार्फा थकाली
पोखरा, २६ असोज/ पोखरा घुम्न आउनेले र पोखरेलीलाई सेवा दिने उद्देश्यले पोखरा ६ लेकसाइडको डिहिको पाटनमा मार्फा थकाली भान्छा घर सञ्चालनमा आएको छ । पोखराको गैह्रापाटनमा स्टेशन द फुड क्लब सञ्चालन गर्दै आएका आयुष श्रेष्ठले ‘मार्फा थकाली बाइ स्टेशन’ सञ्चालनमा ल्याएका हुन् ।
विजयादशमीको घटस्थापनाको दिनबाट अपौचारीक रुपमा सञ्चालनमा ल्याउन लागिको मार्फा थकाली भान्छामा निलिमा हिराचन श्रेष्ठले साथ दिएकी छन् । सञ्चालक आयुष श्रेष्ठले करिब २ करोडको लगानीमा मार्फा थकाली सञ्चालनमा ल्याएको बताए । घर सहितको संरचना बनाएर मार्फा थकाली सञ्चालन गर्दा २ करोड लगानी भएको उनले बताए ।
मार्फा थकालीमा ब्रेकफास्ट र थकाली खानाको स्वाद ग्राहकले लिन पाउनेछन् । रेष्टुरेन्टमा आवश्यक पर्ने फापर, आलु, दाल लगायत मार्फाबाट ल्याइनेछ । यसका अलावा पोखरा तथा यस आसपासका अर्गानिक खानेकुरा स्वाद दिने प्यासमा रहेको उनलेब बताए ।
उनले फेवाफाटको जेठोबुढो, जुम्लाका मार्सी लगायतको ग्राहकको माग अनुसारको खाना समेत उपलब्ध गराउने उनले बताए ।
एक पटकमा १ सय जना सम्मलाई खाना खुवाउन सक्ने गरी भान्छा घर तयार पारेको उनको भनाई छ ।
सादा थकाली खानाको ३ सय ५० रुपैयाँ, चिकेन थकाली खानाको ५ सय रुपैयाँ र मटन थकाली खानाको ६ सय रुपैयाँ रहेको उनले बताए । १० जनाले रोजगारी पाएको उनले बताए । उनीहरुले पोखराको गैह्रापाटनमा स्टेशन द फुड क्लब एण्ड ससेज पार्क प्रालि सञ्चालन गरिरेहका छन् ।





