एनआरएनएमा महिला उपाध्यक्षमा रोजिना प्रधान राई विजयी

-


     क्लिक गण्डकी     
     कार्तिक ३ गते २०८० मा प्रकाशित


रोजिना प्रधान राई

रोजिना प्रधान राई

काठमाडौं, ३ कात्तिक/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राई विजयी भएकी छन् । उनले १९४७ मतसहित महिला उपाध्यक्षमा विजयी भएकी हुन् ।

उनको प्रतिस्पर्धी यास्मिन बेगम शायदले १९१४ मत ल्याइन् । महिला उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको थियो ।
एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल प्रधानले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न समुहमा रहेर काम गरेकी थिइन् ।

एनआरएनएमा ७४ पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् ।

बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । डा. केसीले १३७८ मत, शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरे ।



Tags: