हिमाल र हिमनदी जोगाउन प्रयोस गर्छु – गुटेरेस

-


     क्लिक गण्डकी     
     कार्तिक १४ गते २०८० मा प्रकाशित


हिमाल र हिमनदी जोगाउन प्रयोस गर्छु – गुटेरेस

हिमाल र हिमनदी जोगाउन प्रयोस गर्छु – गुटेरेस

पोखरा, १४ कात्तिक/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनको असर कम गर्दै हिमाल र हिमनदी जोगाउनुपर्ने बताएका छन् । उनले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनु पर्ने बताए ।

पोखरा विमानस्थलमा मंगलबार पत्रकार सँग कुरा गर्दै जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई सहयोग गर्न आवश्यक रहेको बताए ।

अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि उनले जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका बताए । उनले समस्याहरुलाई अन्तर्राष्ट्रिय समुदायमा पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि अपिल गर्ने बताए ।

उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताए । उनले अन्नपूर्ण बेसक्याम्पमा जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष हेर्न र स्थानीयसँग कुरा गरेका थिए ।

पौने घण्टा बेसक्याम्पमा रहँदा उनले स्थानीयसँग जलवायु परिवर्तनको असरबारे करिब २० मिनेट छलफल गरेका थिए । स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए ।

उनले पोखरामा रहँदा पुम्दीकोट स्थित विशाल शिव मन्दिरको अवलोकन गरे भने फेवातालमा डुङ्गा सयर गरे । गुटेरेस पोखराबाट लुम्बिनी उडेका छन् । उनले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगाएतले पोखराबाट विदाइ गरेका थिए ।



Tags: