
टिकाराम ढंगाना
पोखरा, १५ कात्तिक/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरसको सुरक्षाका लागि खटिएका प्रहरी टिकाराम ढंगानाको मृत्यु भएको छ।
अन्नपुर्ण बेसक्याम्पमा कात्तिक १२ गते गएका पर्वत मोदी घर भएका ४२ वर्षिय टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगाना नेपाली सेनाको टोलीसँग अन्नपुर्ण आधार शिविर गएका थिए। टोलीमा ११ जना सेना र ३ जना पुलिस गरी १४ जना गएका थिए । टोली मंगलबार गुटरेस फर्किएपछि हिडेर फर्कँदै थिए ।
राती हिमालयमा आएर बसेका रहेछन् । राती खाना खाएर सुतेको खवर आयो । विहान पनि उठेर सुप खाएको कास्कीका एसपी मोहनबहादुर थापाले जानकारी दिए ।उनका अनुसार पखाला लागेको र समस्या हुन थालेपछि उद्दारको लागि हेलिकोप्टर पठाइएको थियो ।
उनलाई मणिपाल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ढुंगानलाई विदेशी पर्यटक (डाक्टर)ले हिमालयमै ओखती दिएका थिए ।





