कास्कीमा श्रीरामलाई हतियार प्रहार गरी घाइते बनाएको आरोपमा जुमकाजी पक्राउ

-

     क्लिक गण्डकी     
     मंसिर १ गते २०८० मा प्रकाशित

कास्कीमा श्रीरामलाई हतियार प्रहार गरी घाइते बनाएको आरोपमा जुमकाजी पक्राउ

कास्कीमा श्रीरामलाई हतियार प्रहार गरी घाइते बनाएको आरोपमा जुमकाजी पक्राउ

पोखरा, १ मंसिर/ कास्की प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–६ बस्ने श्रीराम देवकोटालाई हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा जुमकाजी विकलाई प्रहरीले पक्राउ गरेको हो ।

जुमकाजीलाई जिल्ला अदाल कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपक्षिक श्रवणकुमार विकले जानकारी दिए ।

कार्तिक २७ गते बिहान ९ बजेको समयमा देवकोटा घरमा बसिरहेको अवस्थामा जुमकाजीले धारिलो हतियार (हसिया) प्रहार गरेर घाइते बनाएका थिए । देवकोटालाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल भएको छ ।