पञ्चासेमा चोरी सिकारी बढ्यो, प्रहरी मौन

-


     क्लिक गण्डकी     
     मंसिर २ गते २०८० मा प्रकाशित


पञ्चासेमा जैबिक बिबिधता पार्क

पञ्चासेमा जैबिक बिबिधता पार्क

पोखरा, २ मंसिर/ कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगम स्थल पञ्चासेमा चोरी सिकारी बढेको छ । पछिल्लो समय पञ्चासे क्षेत्रका वनमा कालिज, मृग लगाएतको चोरी सिकारी बढेका स्थानीयले बताए ।

दशै तिहारको विदाका बेला चोरी सिकारी अझ बढेको अन्नपुर्ण गाउँपालिका भदौरेका स्थानीय नवराज पौडेलले जानकारी दिए । उनका अनुसार कतिपय स्थानीय र बाहिरका मानिसहरु समेत बन्दुक लिएर सिकारका लागि त्यस क्षेत्रमा पुग्ने गरेको बताए । बोरामा बन्दुक बोकेर सिकार गर्न जाने गरेको उनको भनाई छ ।

पञ्चासे क्षेत्रमा अन्नपूर्ण गाउँपालिकाको भदौरे, तालिब्राङ, आर्थर, चित्रे लगायतका क्षेत्रमा चोरी सिकारी हुदाँ पनि प्रहरीलाई भने चाल भएको छैन । कतिपय स्थानीय र बाहिरबाट समेत तस्करहरु सक्रिय रहेको स्थानीयहरु नै बताउ छन् । चोरी सिकारीका कारण पञ्चासे क्षेत्रमा बाटोमा नै भेटिने कालिज र मृगहरु अहिले भने पाउन छाडेको स्थानीयको भनाई छ ।

पञ्चासे धार्मिक, पर्यापर्यटन, साँस्कृतिक र पदयात्राका लागि प्रख्यात छ । पञ्चासे ५७७५ हेक्टर क्षेत्रफलमा फैलिए छ । पञ्चासेको वन जङ्गल, दुर्लभ र बहुमूल्य जडीबुटी र सुनाखरी लगायतका पुष्प बनस्पति र बन्यजन्तु आकर्षण हुन् । त्यस क्षत्रेमा बन्यजन्तु र चराचुरुङ्गी अबलोकन गर्न पर्यटक, विद्यार्थी र अध्येताहरु पञ्चासे क्षेत्रमा पुग्ने गर्दछन् ।



Tags: