
पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व तस्बिरः सञ्जय शाक्य
पोखरा, ४ मंसिर/ सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन भएको छ ।
उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।
पोखराको केदारेश्व फेवाताल घाट, नदिपुर, कालिखोला खगाएतका ठाउमा रातभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् ।
हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । दुलही झैं सिंगारिएका तलाउमा भक्तजन पूजा आराधना गरेका थिए ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ ।