धनगढीमा आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति

-


     क्लिक गण्डकी     
     मंसिर २ गते २०८० मा प्रकाशित


आगोलागि

आगोलागि

धनगढी, २ मंसिर/ धनगढीमा विद्युत सर्ट भएर आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति भएको छ ।

धनगढीको रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको हो ।

आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सु सेन्टर, सुभिक्षादेवी सपिङ्उ सेन्टर, भट्ट ट्रेडर्स एण्ड सप्लायर्स लगायतका पसलमा क्षति पुगेको छ ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ ।

धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ ।



Tags: