ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

बुटवल, ४ मंसिर/ रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए ।



Tags: