समाचार

पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी परियोजनामा हस्ताक्षर

पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी परियोजनामा हस्ताक्षर
पोखरा, २८ भदौ/ पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो । पोखरा महानगरपालिका र कोइका बिचको समझदारीलाई बलियो बनाउने उद्देश्यले पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको दुवै पक्षको बुझाई छ । यसअघि नै कोइका र महानगरपालिका बिच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक… पुरा पढौ

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव
पोखरा, २७ भदौ/ पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो । महोत्सवको समापन दिन गण्डकी… पुरा पढौ

डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषा द्वालाई

मनिषा द्वा
पोखरा, २७ भदौ/ डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई अर्पण गर्ने भएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आफूलाई युवा वैज्ञानिकका रूपमा स्थापित गराउन लामो समय संघर्षरत मनिषा हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक रहेकी छन् । नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक, परियोजना संयोजकसमेत रहेकी द्वासँग शिक्षणको… पुरा पढौ

पोखरामा इन्धन अपचलन आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, २६ भदौ/ इन्धन अपचलनको आरोपमा पक्राउ परेका पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेल सहित ३ जनालाई धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले सोमबार ट्यांकर धनी समेत रहेका जमरकट्टेललाई १ लाख ५० हजार, जगन्नाथ ढुंगानालाई १ लाख र चालक निर्मल थापालाई ७५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, पोखरा गगनगौंडाबाट ३ हजार बढी डिजेल चोरी गरेको आरोप थियो । आयल निगमका डिपो प्रमुख चित्तरञ्जन दास भने फरार छन् । साउन २५ गते… पुरा पढौ

पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ

पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ
पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवाश कोठाबाट सुनका बिभिन्न गरगहना चोरी गर्ने दुई जनालाई प्रहरुी पक्राउ गरेको छ । करिब १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी आरोपमा पर्सा पर्सागढी नगरपालिका वडा नम्बर २ घर भई हाल जिल्ला कास्की पोखरा १२ बस्ने २२ बर्षीय शिवदेवी चौधरीलाई पक्राउ गरेको छ । पीडितको घरमा काम गर्ने शिवदेवीले चोरीका सुनका गरगहनाहरु पोखरा १० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाउन दिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी… पुरा पढौ

बिहीबार सुवास नेम्वाङ निधनको शोकमा सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनीक बिदा दिने निर्णय गरेको हो । हृदयघातका कारण बालुवाटारस्थित घरको वाथरुममा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।… पुरा पढौ

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौं, २६ भदौ/ सरकारले सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ गर्ने निर्णय गरेका पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए । अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय समेत सरकारले गरेको छ । हृदयघातका कारण बालुवाटारस्थित घरको वाथरुममा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए । पहिलो र दोस्रो संविधानसभाका… पुरा पढौ

हितैषी मित्र र सुख दुःखको साथी गुमाएँः अध्यक्ष केपी ओली

सुवास नेम्वाङ
पोखरा, २६ भदौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी समेत रहेको भन्दै नेम्वाङको स्मरण गरेका छन् । निधनको खबर लगत्तै अस्पताल पुगेका ओलीले मंगलबार बिहान श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताए । अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पार्टीको राजनीतिमा सधैँ ओलीलाई साथ दिएका नेम्वाङको निधनप्रति उनले गहिरो दुःख व्यक्त गरेका… पुरा पढौ

वाथरुममा बेहोस अवस्थामा भेटिएका सुवास नेम्वाङको निधन

सुवास नेम्वाङ
काठमाडौं, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै वाथरुममा बेहोस अवस्थामा फेला परेका उनको परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याउँए पनि उनको निधन भइसेको खुलेको छ । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्थे । परिवारका सदस्यहरुका अनुसार राति १ बजे नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा करिब २ बजेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धड्कन र श्वासप्रश्वास चेक गरेका थिए । तर ती कुनै पनि… पुरा पढौ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु, उत्पादनलाई पर्यटन संग जोड्पर्दछ- मन्त्री धनराज गुरुङ

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु
पोखरा, २५ भदौ/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन संग जोड्न सके देश विकास हुने बताएका छन् । पर्यटन विकास महिला संघ (टेवान) ले पोखरामा आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई छ । तीजलाई स्थानीय उत्पादन संग जोड्ने प्रयास नै बदलियो परम्परा बन्न थालेको बताए । कार्यक्रममा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज… पुरा पढौ