समाचार

पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी

पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी
पोखरा, २३ कात्तिक/ पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र (यूएसएआईडी) को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म… पुरा पढौ

अभिनेत्री दिपाशा बीसीको निधन

दिपाशा बीसी
काठमाडौं, २३ कात्तिक/ अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा असहज बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनी बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको अस्पतालले जानकारी दिएको छ । ‘दुलही रानी’ फिल्मबाट २०६८ मा यो क्षेत्रमा प्रबेश गरेकी थिइन् । मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । पुरा पढौ

पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित

पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित
पोखरा, २३ कात्तिक/ पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोखरेल निर्वाचित भएका छन् । कात्तिक २२ गते सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि उनी कृष्ण प्रसाद सापकोटा नेतृत्वको कार्यसमितिमा सचिव थिए । दक्ष जनशक्ति आजको आवश्यकता गुणस्तरिय सेवा हाम्रो प्रतिबद्धता भन्ने उदघोषका साथ २०५६ सालमा स्थापना भएको पोखरा इलेक्ट्रिक क्लव अहिले तन्नेरी बनेको छ । २५ औं रजतजयन्ती मनाइरहँदा र क्लवको नेतृत्व पाइरहँदा खुशी लागेको पोखरेल बताउँछन् । इलेक्ट्रिक व्यवसायीको… पुरा पढौ

पोखराको लेकसाइड २४ सै घण्टा खोल्न उच्च अदालतको आदेश

पोखरा, २२ कात्तिक/ पोखराको पर्यटकीय केन्द्र लेकसाइडलाई २४ सै घन्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले बुधबार आदेश दिएको हो । देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले २४ सै घण्टा खोल्न आदेश गरेको हो । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए । निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय… पुरा पढौ

भूकम्प पीडितलाई चीनबाट करिब ४० करोडको राहत सामग्री

भूकम्प पीडितलाई चीनबाट करिब ४० करोडको राहत सामग्री
पोखरा, २२ कात्तिक/ चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामग्री नेपाल सरकारलाई बुझएको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्ट मार्फत आएको राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका करिब ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । उनले भारत सरकारबाट पनि सहयोग… पुरा पढौ

पोखरामा एटिएम तोडफोड गर्ने एक जना पक्राउ

लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ
पोखरा, २२ कात्तिक/ पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई प्रहरीले पक्राउ गरेको हो । पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पु¥याएको छ । उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद गरेको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पुरा पढौ

राहतका सामग्री लिएर चिनियाँ दुई जहाज पोखरा आउँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २२ कात्तिक/ भूकम्पपीडितलाई दिने राहतका सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज पोखरा आउने भएको छ । चीन सरकारले दिने सहयोग सामग्री लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ । पोखराबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ । जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन् । चिनियाँ राजदूत छन सोङले सामग्री गृहमन्त्रीलाई हस्तान्तरण गर्ने छन् । चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । चीनको छेन्दुबाट जहाज… पुरा पढौ

पोखरामा ज्ञान योग ध्यान तथा साधना शिविर

पोखरामा ज्ञान योग ध्यान तथा साधना शिविर
पोखरा, २१ कार्तिक/ ज्ञान योग ध्यान तथा साधना शिविर पोखरामा सम्पन्न भएको छ । डा योगी विकाशानन्द फाउण्डेशन विश्व परिवार कास्कीको आयोजनामा भएको शिविरको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आध्यात्मिक ज्ञानबाट नै संसार बदल्न सकिन्छ भन्ने मनोक्रान्ति अभियान सफल भएको भन्दै प्रशंसा गरेका थिए । पोखरा २३ मा रहेको फाउण्डेशन आफैमा आध्यात्मिक केन्द्रको रुपमा उदाएकाले त्यहासम्म पुग्ने सडक गन्तव्यलाई छिटो भन्दा छिटो निर्माण गर्ने प्रतिबद्धता समेत जनाए । फाउण्डेशनका प्रमुख डा. योगी विकाशानन्दले शरीर र मनलाई स्वस्थ्य बनाउन… पुरा पढौ

पोखरामा एकपछि अर्को महिला र बालिका हराए

पोखरामा एकपछि अर्को महिला र बालिका हराए
पोखरा, २१ कात्तिक/ पोखरामा एक पछि अर्को महिला हराएको सूचना कास्की प्रहरीले सार्वजनीक गरेको छ । कास्की प्रहरीले युवती तथा महिला हराएको सूचना निकाल्न खोज्न सहयोग गर्न अनुरोध गरेको छ । पछिल्लो दुई दिनमा कास्की प्रहरीले ४ जना हराएका सुचना राखेको छ । पोखरा २१ कृष्ति कि १८ बर्षीय सिवानी गौतम हराएको चार दिन भयो । कात्तिक १८ गते देखी हराएकी उनको खोजी गर्न आफ्न्तले प्रहरीमा निबेदन दिएका छन् । कास्की प्रहरीले कात्तिक २० गते नै दुई जना महिला हराएको… पुरा पढौ

नेपाली युवा उधमी मञ्च पोखराले भूकम्प पिडितलाई सहयोग गर्न चेक हस्तान्तरण

नेपाली युवा उधमी मञ्च पोखराले भुकम्प पिडितलाई सहयोग गर्न चेक हस्तान्तरण
पोखरा, २१ कात्तिक/ नेपाली युवा उधमि मञ्च पोखराले भूकम्पद्वारा प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जिल्ला स्थित तत्काल राहतको लागि चेक हस्तान्तरण गरेको छ । मञ्चले गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्राराज पाण्डे र प्रदेशसभा सदस्य बिन्दु कुमार थापालाई नगद २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक हस्तान्तरण गरेको हो। नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणालि सिस्टम लागु गरे संगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसिले जानकारी… पुरा पढौ