नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीको उमेद्वारी घोषणा

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०८० मा प्रकाशित


सन्तोष पराजुली

सन्तोष पराजुली

पोखरा, ४ मंसिर/ नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीले उमेद्वारी घोषणा गरेका छन् ।

नेपाल औषधी व्यवसायी संघ कास्कीको मंसिर ८ र ९ गते पोखरामा हुने दोस्रो जिल्ला अधिबेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

औषधीको सहि सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराका साथ उनले उमेद्वारी दिएको बताए ।

उनी फिस्टेल फार्मेसी प्रालि गैहपाटन, पुकार मेडिसेल्स, समिक्षा मेडिसेल्स, तालबाराही फार्मेसी लगाएतकाका सञ्चालक हुन् ।



Tags: