
फेवातालमा माछाका भूरा छाडिए फाइल तस्बिर
पोखरा, ५ मंसिर/ पोखराको फेवातालमा माछाका भूरा छाडिएको छ । पोखरामा बल्छी खेल्नेहरू बिशेष गरी शहर माछासँग खेल्नेहरूको समूहबाट काली गण्डकी मत्स्य केन्द्रको सहयोगमा फेवातालमा ७ हजार माछाका भूरा छाडिएको हो ।
शनिबार स्थानीय बासिन्दा सैलेश रायमाँझी, राम परियार, हिमालय प्रोजेक्टका बेल्जियम निवासी पाउल भान्डे मोर्टेल लगाएतले शहर, गर्दी र कत्ले जातका माछाका भूरा तालमा छाडेका हुन् ।
उनिहरूले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै लोप हुदै गएका शहर, गर्दी र कत्ले जातका माछालाई ब्राण्डिङ गर्नु पर्ने बताए ।
लोप हुदै गएका माछाहरूको संरक्षण र व्राण्डिङ गर्न सके भावी पुस्तालाई चिनाउन सहज हुने उनिहरूको भनाई रहेको छ ।
बल्छी खेल्दा सहर माछासँग खेल्न साह्रै नै रमाईलो हुने हुँदा हामीले त खेल्न पाएका छौं, भावी पुस्ताले पनि खेल्न पाँउन भन्ने उद्देश्य महासीर जातको सहर माछालाई प्रत्येक बर्ष छोड़ने गरिएको अभियानका सदस्य सैलेश रायमाझीले बताए ।





