समाचार

सांसद मनबहादुर गुरुङ १ लाख २५ हजारको पुरस्काबाट सम्मानित

मनबहादुर गुरुङ
पोखरा, ३ कात्तिक/ प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका छन् । शुक्रबार संस्थाको ४१ औं वार्षिकोत्सवको अवसरमा गुरुङलाई कोषले १ लाख २५ हजार पुरस्कार राशी सहित सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेको छ । एकीकृत संरक्षण तथा विकासको समुदायमा आधारित संरक्षणको अवधारणालाई सफल पार्न तथा संरक्षण र विकासमा समुदायमा योगदान दिएको भन्दै कोषले सम्मान गरेको हो । गुरुङले नेतृत्वदायी भूमिककमा रहेर नीति निर्माणमा योगदान पु¥याएको सम्मनपत्रमा उल्लेख छ । कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि… पुरा पढौ

ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी–प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने

ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी–प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने
पोखरा, ३ कात्तिक/ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएका छन् । शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर दूई प्रतिष्ठान बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली र गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । अब दुई प्रतिष्ठान मिलेर चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कला समेत समेटी मुलुकभर ती कला बिधाहरुको विकास, प्रबर्धन र… पुरा पढौ

पोखरामा शुक्रबार ६० पसलमा अनुगमन

पोखरामा अनुगमनः ६५ हजार जरिवाना, १२ हजारको मासु नष्ट
पोखरा, ३ कात्तिक/ पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासु र खाद्यान्न पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूलो चाड दशैँमा महानगर धेरै मासु खपत हुने र त्यसले नागरीको स्वास्थ्यमा असर गर्ने भएकाले मासुु पसलमा धेरै समुह बनाएर अनुुगमन गरेको हो । पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुुगमन गरेको छ । दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना… पुरा पढौ

पोखरामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु २ जना घाइते

दुर्घटना
पोखरा, ३ कात्तिक/ पोखरा महानगरपालिका वडा नंम्बर २५ फुर्केटारी चोकमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ग १६ प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२ -०१६ प ७०८४ नम्बरको मोटर साइकल ठोकिएर दुर्घटना भएको हो । दुबै मोटर साइकलमा सवार घाइतेहरुलाई अस्पताल लगेको एक जनाको मृत्यु भएको हो । ग १६ प २९१ नम्बरको मोटर साइकल चालक गोरखा पालुङटार घर भएका ३० बर्षीय शुक्रराज श्रेष्ठको मणिपाल अस्पतालमा उपचारको क्रममा… पुरा पढौ

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा बिजयी

पोखराका बिमल सुबेदी एनआरएनएको क्षेत्रीय सहसंयोजकमा उमेदवारी
पोखरा, ३ कात्तिक/ पोखराका बिमल सुबेदीले एनआरएनएको एसिया प्यासिफिक क्षेत्र सहसंयोजकमा विजयी भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) को एघारौं महाधिवेशनमा सुबेदीले सहसंयोजकमा उमेद्वारी दिएकोमा विजयी भएका हुन् । आइसिसीको आगामी २०२३–२०२५ कार्यकालका लागि सहसंयोजक पदमा विजयी भएका हुन् । गैर आवासीय नेपाली संघको अभियान अन्तर्गत सुबेदीले एनआरएनए कोरियाको चौथो कार्यसमितिको प्रबक्ता, ७ औ कार्यसमितिको महासचिब तथा बर्ष २०२१ –२०२३ का लागि अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य (आएसिसि प्रतिनिधि) को रुपमा कार्य सम्पादन गरि सकेका छन्… पुरा पढौ

नागढुंगामा कार दुर्घटना

दुर्घटना
काठमाडौं, ३ कात्तिक/ काठमाडौं नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा केही तल दुर्घटना भएको हो । बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान सडकमा निकालिएको छ । दुर्घटनामा घरमा सबार सामान्य घाइते भएपनि कोही गम्भीर घाइते नभएको प्रहरीको भनाई छ । पुरा पढौ

गण्डकी प्रदेशमा चाडपर्व सुरक्षा योजना, २८ ठाउँमा मापसे चेकिङ

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा, २ कात्तिक/ गण्डकी प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडी बढेको छ । दसैँ, तिहार, छठलाई लक्ष्त गरेर गण्डकी प्रदेशका २८ ठाउँमा मापसे चेकिङको व्यवस्था गरको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी विनोश शर्माले जानकारी दिए । उनले पोखरा लगातका ठुला सहरहरुमा दुई भन्दा बढि ठाउँ र अन्य जिल्लामा कम्तीमा एक ठाउँमा दैनिक मापसे (मादक पद्धार्थ सेवन) चेकिङको व्यस्था मिलाएको बताए । उनले चार्डपर्वमा बढि मादक पद्धार्थ सेवन बढि हुनेर सवारी दुर्घटना बढि हुने जोखी हुने भन्दै दैनिक चेकिङको… पुरा पढौ

पोखरामा अनुगमनः ६५ हजार जरिवाना, १२ हजारको मासु नष्ट

पोखरामा अनुगमनः ६५ हजार जरिवाना, १२ हजारको मासु नष्ट
पोखरा, २ कात्तिक/ पोखरा महानगरपािलकाले बिहीबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले ६५ हजार रुपैयाँ जरिवाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुु जन्य र खाद्यय सामाग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुुड् एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट,… पुरा पढौ

गण्डकीमा मन्त्री, सांसद र स्वकिय सचिबले बुझे ५० लाख बढि भत्ता

गण्डकी प्रदेशसभा
पोखरा, १ कात्तिक/ गण्डकी प्रदेशका मन्त्री, सांसद र तीनका स्वकीय सचिवहरुले दसैँ भत्ता बुझेका छन् । प्रदेशसभाबाट सभामुख र उपसभामुखसहित ५३ सांसद र ५२ जना स्वकीय सचिवहरुको दसैँभत्ता उनीहरुको बैंक खातामा जम्मा भएको संसद सचिवालयले जनाएको छ । केही स्वकीय सचिवहरु नियुक्त भएको ६ महिना पूरा नभएका कारण दसैँ खर्च नपाएको उपसचिव प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेशसभाबाट पारित भएको प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सम्बन्धि कानुनी स्केलका आधारमा एक महिनाको तलब बराबर चाडपर्व भत्ता दिइएको बताए ।… पुरा पढौ

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच

पोखराको फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा, १ कात्तिक/ पोखरामा फेवातालमा डुंगा चलाउने चालकहरूको बुधबार मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड स्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । समय समयमा डुंगा दुर्घटना हुने घटनालाई ध्यानमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो । जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले जानकारी दिए । उनले डुंगामा सवार… पुरा पढौ