
दुर्घटना
मकवानपुर, १४ मंसिर/ मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरीसँगै बुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो ।
दुर्घटनामा मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।





