समाचार

नेपाली युवा उधमी मञ्च पोखराले भूकम्प पिडितलाई सहयोग गर्न चेक हस्तान्तरण

नेपाली युवा उधमी मञ्च पोखराले भुकम्प पिडितलाई सहयोग गर्न चेक हस्तान्तरण
पोखरा, २१ कात्तिक/ नेपाली युवा उधमि मञ्च पोखराले भूकम्पद्वारा प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जिल्ला स्थित तत्काल राहतको लागि चेक हस्तान्तरण गरेको छ । मञ्चले गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्राराज पाण्डे र प्रदेशसभा सदस्य बिन्दु कुमार थापालाई नगद २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक हस्तान्तरण गरेको हो। नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणालि सिस्टम लागु गरे संगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसिले जानकारी… पुरा पढौ

सोमबार जाजरकोट केन्द्रबिन्दु परकम्प, पोखरामा धक्का

भूकम्प
पोखरा, २० कात्तिक/ सोमबार दिऊसो जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३१ मिनेटमा परकम्प मापन भएको जनाएको छ । त्यसको धक्का पोखरामा पनि महसुस भएको थियो । यो परकम्प शुक्रबार राती गएको पहिलो भूकम्पको सबैभन्दा ठूलो पराकम्प हो । शुक्रबार राति ११ः ४७ मिनेट जादाँ ६.४ म्याीगनच्युडको भूकम्प गएपछि ४ म्याग्निच्युड भन्दा माथिका ५ वटा भूकम्प गएको जनाएको छ । पुरा पढौ

पोखरामा बजार अनुगमन, ४० हजार जरिवाना, १ लाख १० हजारको माला जफत

पोखरामा बजार अनुगमन, ४० हजार जरिवाना, १ लाख १० हजारको माला जफत
पोखरा, २० कात्तिक / पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलहरुमा अनुगमन गर्दै रोक लगाएको हो । महानगरले गत वर्ष पनि अनुगमन गरेर बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो । गत वर्ष बिक्री वितरण नगर्न अनुरोध गरिएका ७ पसललाई कारबाही र ४० हजार जरिवाना गरिएको छ भने १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फुलका… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरे

राष्ट्रपति रामचन्द्र पौडेल
पोखरा, २० कात्तिक/ राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोख्ररेलले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण स्थगित गरेको पोखरेलले… पुरा पढौ

पोखरा– मुग्लिन सडक पहिले भन्दा सुधार, डुम्रे–छिर्कने कालोपत्र शुरु

पोखरा– मुग्लिन सडक
तनहुँ, २० कात्तिक/ पृथ्वी राजमार्गअन्तर्गत पोखरा– मुग्लिन सडक केही सुधार भएको छ । वर्षा याममा भन्दा अहिले केही सुधार भएको सडक भएर पोखरा आउने र पोखराबाट मुग्लिन हुदै अन्यत्र जानेहरु बताएका छन् । वर्षा याममा खाल्डा खुल्डी धेरै नै थिए भने वर्षाका कारण सडक अप्ठेरो थियो काठमाडौंबाट पोखरा आएका जलेश्वर पौडेले भने अहिले धेरै नै खाल्डा कम भएको बताए । उनले बाटो वर्षा यामका भन्दा धेरै नै सुधार भएको रहेछ तर आजभोली सडकमा धुलो उडेर हैरान रहेछ । उनले पहिले… पुरा पढौ

पैसा नतिरेपछि गण्डकीको भौतिक मन्त्रालयको बिजुली काटियो

बिजुली
पोखरा, १९ कात्तिक/ पैसा नतिरेपछि गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले… पुरा पढौ

पोखरामा ६ जना जुवाडे पक्राउ

जुवा तास
पोखरा, १९ कात्तिक/ तास खेलिरहेको अवस्थामा पोखराबाट ६ जुवाडे पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा ४ मानवअधिकार चोक स्थित यमबहादुर गुरुङले सञ्चाल गरेको किराना पसलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा १५ रामबजारका ३२ वर्षीय यमबहादुर गुरुङ, पोखरा १० फूलबारीका ३६ वर्षीय भोजबहादुर गुरुङ, राबजारकै गुमान गुरुङ छन् । यस्तै, पोखरा १ बगरका ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटनका ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारिपाटनकी ४० वर्षीय शान्ति गुरुङलाई पक्राउ गरिएको हो । उनीहरुको… पुरा पढौ

डोटी र जुम्लामा दुर्घटना, ६ जनाको मृत्यु

दुर्घटना
एजेन्सी, १९ कात्तिक/ डोटी र जुम्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ ।… पुरा पढौ

गण्डकी प्रदेशले भूकम्प पीडितका लागि १ करोड दिने, औषधी सहित चिकित्सक शनिबार नै पुगे

गण्डकी प्रदेशले भूकम्प पीडितका लागि १ करोड दिने, औषधी सहित चिकित्सक शनिबार नै पुगे
पोखरा, १९ कात्तिक/ गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो । ‘भुकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज… पुरा पढौ

सेती खोँचमा खसेका युवकको उद्धार

सेती खोँचमा खसेका युवकको उद्धार
पोखरा, १९ कात्तिक/ सेती नदि खोँचमा खसेका युवकको २ घण्टाको प्रयासमा उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार साझँ खसेका थिए । वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरी फलेपाटनबाट आएको टोलीले उद्धार गरेको छ । राति करिब ४० मिटर तल खसेका विकको डोरीको सायताले उद्धार गरेको हो । बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको छ ।https://www.facebook.com/100008227211419/videos/1093433538310892 पुरा पढौ

This will close in 10 seconds