
बैदाम प्रहरीले करीब २० लाखको चेकसहित महत्वपूर्ण कागजात बरामद
पोखरा, २ पुस/ पोखरा ६ बैदाम प्रहरीले करीब २० लाख बराबरको चेकसहित महत्वपूर्ण कागजात बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको मोटरसाइकल गस्ती प्रहरी टोलीले पोखरा–५ मालेपाटनमा १९ लाख ९० हजारको विभिन्न चेकसहित महत्वपूर्ण कागजात फेला परेको हो ।
गस्तीका क्रममा मालेपाटन सडकखण्डको झाडीमा सेतो प्लाष्टिकको झोला भेटिएपछि खोलेर हेर्दा पोखरा–२५ हेमजाका ३८ वर्षिय भेषबहादुर विकको नाममा ग्रीन डेभलपमेन्ट बैंकको ९ लाख चालीस हजारको चेक, मुक्तिनाथ विकास बैंकको १० लाख
चालीस हजारकै अर्को चेक र नेपाल ईन्भेष्टमेन्ट बैंकको १० हजारको अर्को एक थान चेक गरेर १९ लाख ९० हजारको चेक फेला परेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार झोलामा विकको नागरिकता, सवारी साधनको बिलबुक र लाईसेन्स, एटिएम कार्डलगायतका महत्वपूर्ण कागजात थियो ।





