समाचार

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु
पोखरा, २४ मंसिर/ पोखराको लेखनाथमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको मृृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको थियो… पुरा पढौ

नगर प्रहरी माथि हातपात गर्ने व्यवसायी घिमिरे पक्राउ

नगर प्रहरी माथि हातपात गर्ने व्यवसायी घिमिरे पक्राउ
पोखरा, २४ मंसिर/ ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो । घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक पटक त्यसो नगर्न आग्रह गर्दा समेत… पुरा पढौ

पोखरामा दुई वटा स्कुटर चोरी गर्ने १ जना पक्राउ

पोखरामा दुई वटा स्कुटर चोरी गर्ने १ जना पक्राउ
पोखरा, २४ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर ३ नदिपुर स्थित पार्किङ गरी राखेको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा वडा नम्बर १ बगर स्थित पार्किङ गरी राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा जिल्ला बाग्लुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दिप बस्ने वर्ष १७ को एक… पुरा पढौ

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता

२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता
पोखरा, २२ मंसिर/ सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा बर्सेनि आयोजित फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा यतिखेर आयोजक लागिपरेको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् । प्रतियोगितालाई सधैं झैं हिमश्री फुड्स प्रालिले… पुरा पढौ

ठगी आरोपमा पोखरा–६ का वडा सदस्य सहित ४ जना पक्राउ

ठगी आरोपमा पोखरा–६ का वडा सदस्य सहित ४ जना पक्राउ
पोखरा, २२ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो । त्यसैका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए । वडा सदस्य पहारीसहित पक्राउ पर्नेमा वडा नम्बर ६ लेकसाईड बैदाम बस्ने… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
पोखरा, २२ मंसिर/ आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको दाबी गरे । ‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’,… पुरा पढौ

गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा छौं- मुख्यमन्त्री सुरेन्द्र पाण्डे

गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा छौं मुख्यमन्त्री सुरेन्द्र पाण्डे
पोखरा, २२ मंसिर/ पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको… पुरा पढौ

तामाङको उपचारका लागि तमु धिं नेपालले १ लाख सहयोग

तामाङको उपचारका लागि तमु धिं नेपालले १ लाख सहयोग
पोखरा, २१ मंसिर/ तमु धिं नेपालले बोन म्यारोको उपचारत २५ वर्षिय इसाक तामाङलाई १ लाख रुपैया सहयोग गरेको छ । धादिङबाट पोखरा आई पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा बस्दै आउनुभएका तामाङ एक वर्ष अघिदेखि बोन म्यारोको उपचारको क्रममा आर्थिक अभावले उपचारमा समस्याका कारण तमु धिं नेपालका स्थापित “मे.जयबहादुर गुरुङ, उदय चन्द्र, रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोष”को व्याजबाट उपचारका लागि सहयोग गरिएको हो। पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा आयोजित कार्यक्रममा कोषका संस्थापक समाजसेवी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर… पुरा पढौ

कक्षा १२ को बोर्ड परीक्षमा नेपाल टप्ने मदरल्याण्डका विद्यार्थीलाई नगद ६ लाख सहित एक्सलेन्स अवार्डबाट सम्मान

कक्षा १२ को बोर्ड परीक्षमा नेपाल टप्ने मदरल्याण्डका विद्यार्थीलाई नगद ६ लाख सहित एक्सलेन्स अवार्डबाट सम्मान
पोखरा, २० मंसिर/ शिक्षा क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विशिष्ट परिचय बनाउन सफल पोखराको मदरल्याण्ड मा विले कक्षा १२ को बोर्ड परीक्षामा नेपाल टप्न सफल तथा अन्य उच्च शिक्षाका विभिन्न तहमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका २८ विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयमा भएको कार्यक्रममा विद्यार्थीलाई नगद ६ लाख ५० हजार सहित मदरल्याण्ड एक्सलेन्स अवार्डले सम्मान गरेको हो । उनीहरुलाई गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा,… पुरा पढौ

पोखराको युनिक होटलमा युवती मृत्यु प्रकरणको रहस्य खुलेन

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका
पोखरा, १९ मंसिर/ पोखरा ८ नागढुङ्गास्थित युनिक होटलको कोठामा मृत भेटिएकी ३८ वर्षीय सुक विकको मृत्यु प्रकरणको अहिले सम्म रहस्य खुल्न सकेको छैन । कास्की प्रहरी यो घटनाको अनुसन्धान जारी राखेपनि घटनाको रहस्य खुल्न सकेको छैन । अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका ५ जनालाई तारिखमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सुकु मृत भेटिएपछि युनिक होटलका सञ्चालक, शिला रेष्टुरेन्टका सञ्चालक लगायत अन्य संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । कास्की प्रहरी प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले घटनाको अनुसन्धान भइरहेको बताए… पुरा पढौ