समाचार

पोखरामा आगलागी हुँदा करिब २० लाखको क्षति

आगोलागि
पोखरा, २९ कात्तिक/ पोखराको जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा मंगलबार बिहान आगलागी भएको छ । फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक फडिन्द्र भण्डारी बताए । स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत विग्रिएको बताए । स्टुडियोमा रहेका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेशीन, क्यामरा लगायतका सामानमा क्षति भएको उनले बताए । समयमा नै आगो नियन्त्रणमा भएपनि क्षति पुगेको बताए । विद्युत्त सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । सञ्चालक भण्डारीले इन्टरनेटको राउटर र… पुरा पढौ

पोखरामा भाइटिका महोत्सव हुने

पोखरामा भाइटिका महोत्सवः फाइल तस्बिर
पोखरा, २८ कात्तिक/ संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नारा साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २९ गते १६ औं भाइटिका महोत्सव २०८० आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा… पुरा पढौ

२४ घण्टामा टिकटक बन्द गराउन दूरसञ्चार प्राधिकरणको पत्र, कुन देशमा टिकटक बन्द छ ?

टिकटक
पोखरा, २७ कात्तिक/ सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्रपठाएको छ । सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरेको मन्त्रालयले जनाएको हो ।प्राधिकरणलाई जतिसक्दो चाँडै टिकटक बन्द गर्न निर्देशन दिइएको छ । प्राधिकरणले मन्त्रालयले गरेको पत्राचार अनुसार नै टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए । उनका अनुसार प्राधिकरणले टिकटकलाई पनि इमेल गरिसकेकाले सम्भवत २४ घण्टामा टिकटक बन्द हुने बताए ।… पुरा पढौ

टेलिभिजनले बाँड्यो आठबिसकोटमा १० लाखको राहत

टेलिभिजनले बाँड्यो आठबिसकोटमा १० लाखको राहत
पोखरा, २६ कात्तिक/ पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाइ राहत वितरण गरेको छ । रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई टेलिभिजनले राहत वितरण गरेको हो । शनिबार आठविसकोटका भूकम्पले प्रभावित १ सय परिवारलाई राहत वितरण गरेको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए । १० लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उनले जानकारी दिए । भूकम्पले घरबार गुमाएर राहत अतिआवश्यक परिवारलाई छनोट गरेर दिएको उनले जानकारी दिए । ‘तत्काललाई खान र बस्नमिल्ने खालको राहत वितरण गरेका छौं’, क्षेत्रीले भने । उनका अनुसार त्रिपाल ब्ल्यांकेट,… पुरा पढौ

पोखरामा भएको देउसी भैलो च्याम्पीयनको उपाधि पुन समाजलाई

पोखरामा भएको देउसी भैलो च्याम्पीयनको उपाधि पुन समाजलाई
पोखरा, २६ कात्तिक/ पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो । च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिंखडाले गर्नुभएको थियो । कार्यक्रमको उद्धघाटन गर्दै… पुरा पढौ

मध्य पहाडी लोकमार्ग पोखरा खण्डको समस्या समाधानका लागि विन्दुकुमार थापाको संयोजकत्वमा समिति

मध्य पहाडी लोकमार्ग पोखरा खण्डको समस्या समाधानका लागि विन्दुकुमार थापाको संयोजकत्वमा समिति
पोखरा, २६ कात्तिक/ राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाडी लोकमार्गको कास्की खण्ड अन्तरगत पोखरा महानगरपालिका भित्र देखिएको समस्या तत्काल समाधानका गर्न प्रदेश सभा सदस्य माननीय विन्दु कुमार थापाको संयोजकत्वमा अध्ययन तथा प्रतिवेदन समिति गठन गरिएको छ । सदस्यहरूमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ का अध्यक्षहरु अमृत शर्मा तिमिल्सीना र पुष्पेन्द्र पाण्डे, पूर्व वडा अध्यक्ष जीवनप्रसाद आचार्य र शोभा मोहन पौडेल, सङ्घर्ष समितिका अध्यक्ष गोविन्द बस्नेत, सचिब सन्दीप थापा र खेमलाल… पुरा पढौ

पोखराको सेतीमा १ अर्बको लागतमा सिग्नेचर पुल निमार्ण शुरु

पोखराको सेतीमा १ अर्बको लागतमा सिग्नेचर पुल निमार्ण शुरु
पोखरा, २५ कात्तिक/ पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पुलको पुल निर्माणको कार्य २०८२ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । मन्त्री ज्वालाले विकास निर्माणका काममा समयमा सम्पन्न नहुने समस्यालाई चिदै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले मन्त्रालय, स्थानीय सरकारबाट आवश्यक सहयोग हुने बताए । मुग्लिन–पोखरा राजमार्ग सुधार चरण १ योजना अन्तरगत पुल… पुरा पढौ

कास्कीमा देउसी भैलो राती ९ बजे सम्म मात्र

पोखरा, २४ कात्तिक/ कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित बनाउन राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्दै राति ९ बजे सम्म मात्रै देउसी भैलो कार्यक्रम चलाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै कास्की जिल्ला भर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरि रातीको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी भेटः तिब्बती नाका, पोखरा एरपोर्ट विषयमा छलफल

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी भेटः तिब्बती नाका, पोखरा एरपोर्ट विषयमा छलफल
पोखरा, २४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरुबिच भेटवार्ता भएको हो । भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरि प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे । कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणकालागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण,… पुरा पढौ

पोखराको फिर्के खोलाको संरचना नहटाउन अन्तरिम आदेश

फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा
पोखरा, २४ कात्तिक/ पोखराको बिचभागबाट बग्ने फिर्केखोलाको खोलाघरभित्रका बनेका संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोकेको छ । फिर्के तमु समाज लगाएले दायर गरेको उत्प्रेषण परमादेश रिटमा उच्च अदालत पोखराका न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । विभिन्न संघसंस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको थियो । अदालतले तत्काल पोखरा महानगरको सूचनाको कार्यान्वयन नगर्नू/नगराउनू तथा कारण देखाउनू भनी विपक्षीको नाउँमा अन्तरिम… पुरा पढौ

This will close in 10 seconds