पोखरा प्रस्याङ कार दुर्घटनाका फरार चालक प्रहरी सम्पर्कमा

-


     क्लिक गण्डकी     
     पौष ११ गते २०८० मा प्रकाशित


पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु

पोखरा, १० पुस/ पोखरा ५ प्रस्याङमा सवारी दुर्घटनापछि फरार भएका कार चालक प्रहरीको सम्पर्कमा आएका छन् ।

मंगलबार साझँ कार चालक आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खादरजुङ्गका ३२ बर्षिय भक्तराम गुरुङ प्रहरी सम्पर्कमा आएका हुन् ।
बा१३च ३७२१ नम्वरको कारले ठक्कर दिँदा दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का अन्दाजी २० वर्षका ढालेन्द्र छन्त्याल रहेका छन् ।

अर्का एक जनाको पहिचान खुल्न नसकेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।



Tags: