समाचार

पेट्रोल–डिजेलको मुल्य घट्यो (पोखरामा कति)

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १४ मंसिर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । बिहीबार राती देखी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटेको हो । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो । पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ४ रूपैयाँ घटाएर नयाँ मूल्य सूची पठाएको छ । ग्यासको मुल्य भने यथावत रहेको… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमती र छोरीको मृत्यु

दुर्घटना
मकवानपुर, १४ मंसिर/ मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरीसँगै बुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो । दुर्घटनामा मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको… पुरा पढौ

पोखरामा २२ गतेदेखि आठौं पर्वतीय महोत्वस

पोखरामा २२ गतेदेखि आठौं पर्वतीय महोत्वस
पोखरा, १३ मंसिर/ नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न… पुरा पढौ

पोखरामा ४२ तोला सुन चोरी, एक पछि अर्को चोरी (भिडियो सहित)

चोरी
पोखरा, १३ मंसिर/ पोखरा ७ र १७ का विभिन्न ठाउँमा चोरीका घटना सार्वजनीक भएका छन् । पोखरा १७ घारीपाटनमा रहेको एक घरबाट १७ तोला सुन र २ लाख नगद, पोखरा १७ रातोपहिरोको एक घरबाट २२ तोला सुन, पोखरा १७ महतगौडाको एक घरबाट ४ तोला सुन र केही नगद चोरी भएको छ । अन्य घरमा पनि चोरीको खबर आएपनि के के चोरी भयो भन्ने जानकारी आएको छैन । पोखरा ७ घारीपाटनको एक घरबाट दशैको टिकाको दिन राती घरमा कोही नभएको बेला… पुरा पढौ

फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवाताल
पोखरा, १३ मंसिर/ गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला कार्यान्वयनकालागि गठित समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, पश्चिम पृतना हेडक्वाटरका पृतनापति, कास्कीका प्रमुख जिल्ला अधिकारी, ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी वल नेपाल नं… पुरा पढौ

हवाई आक्रमणमा परि रूसी सेनामा कार्यरत स्याङ्जाका कार्कीको मृत्यु

पितम कार्की
एजेन्सी, १२ मंसिर/ रुसमा पुगेर रुसी सेनामा भर्ती भएका स्याङ्गजा पुतलीबजार–५, ठूलास्वाँराका पितम कार्कीको तालिमस्थलमा हवाई आक्रमणमा परि मृत्यु भएको छ । गत कार्तिक २९ गते आक्रमणमा परि मृत्यु भएको नेपाली दुताबास बताएको छ । कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको नेपाली दुतावास मस्कोले जनाएको छ ! पुरा पढौ

पोखराका काँग्रेस युवा नेता लोकेन्द्र कोइरालाको निधन

लोकेन्द्र कोइराला
पोखरा, १२ मंसिर/ पोखराका नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको निधन भएको छ । पोखरा वडा नम्बर ४ निवासी कोइरालाको हृदयाघातको कारण मंगलबार निधन भएको हो । स्वस्थ्यमा समस्या देखी पछि पोखरा फिस्टेल हस्पिटलमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा बिहान ८ बजेतिर निधन भएको परिवारका सदस्यले जानकारी दिए । ४८ वर्षका कोइरालाका तीन दाजुभाइमा माइला रहेका कोइरालाका आमा, चार दिदीबहिनी, श्रीमती र एउटा छोरा छन् । उनको शवलाई नेपाली काग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आजै अन्त्येष्टि… पुरा पढौ

पोखरामा ५ लाख नगद सहित जुवातास खेल्दै गरेका १६ जना पक्राउ

जुवा तास
पोखरा, १२ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरी मैदानमा जुवा कोडा खेल्दै गरेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुवा (कौडा) खेलाईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले कौडा खेलिरहेको १६ जना सहित नगद ५ लाख ५ हजार ६५ र १६ थान कौडा सहित पक्राउ गरेको छ । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया आगडी बढाएको कास्कीका प्रहरी… पुरा पढौ

पोखरामा सडक किनाराको रुख काट्नेलाई जरिवाना

पोखरामा सडक किनाराको रुख काट्नेलाई जरिवाना
पोखरा, १२ मंसिर/ पोखरा महानगरपालिकाले न्युरोडको सडक किनारमा रहेका रुख काट्नेलाई जरिबाना गरेको छ । पोखरा–८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काइ फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकेको भन्दै अनुमतिविना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिबाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए । महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको… पुरा पढौ

पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग

पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरा, ११ मंसिर/ नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालीन केन्द्रिय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् । राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए । राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् । महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो । महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र… पुरा पढौ