पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

-


     क्लिक गण्डकी     
     पौष ६ गते २०८० मा प्रकाशित


पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

पोखरा एन्ड्युरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता

पोखरा, ६ पुस/ पोखरा एन्डयुरो रेस अब हरेक वर्ष पोखरा १३ मा गर्ने सम्झौता भएको छ । पोखरा एन्ड्युरो र पोखरा महानगरपालिका वडा नं. १३ बीच यस्तो सम्झौता भएको हो ।

हालसालै सम्पन्न भएको एन्डयुरो अन्तर्राष्ट्रिय साइकल रेसको सफलता पश्चात अब हरेक वर्ष पोखरा १३ मा नै प्रतियोगिा आयोजना गर्ने गरी सम्झौता भएको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।

खेल मार्फत पोखरा १३ को पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिने समेत उनले उल्लेख गरे । वडाबासीलाई थोरै भए पनि आम्दानीको बाटोमा अग्रसर गराउन उक्त प्रतियोगिता मार्फत सहयोग पुग्ने विश्वास उनको छ ।

पोखरा १३ सँग मिलेर प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरको एन्डयुरो साइकल रेस प्रतियोगिता गर्ने सम्झौता गर्न पाउँदा खुशी लागेको एन्ड्युरो अन्तर्राष्ट्रिय साइकल रेस प्रतियोगिता गर्दै आएका जानकारहरु बताउँछन् ।

खेल प्रतिको विश्वासले अगाडि बढ्न सहज हुने भनाई उनीहरुको छ ।