
चोरी
पोखरा, ५ पुस/ पोखरामा बुधबार राती करिब १२ बजेको समयमा सुनको सिक्री चोरी गरी भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुल स्थित २९ बर्षीय हेमन्त पुनको घाँटीबाट सुनको सिक्राी चोरी गरि भागेका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
सुनको सिक्री चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महेन्द्रपुल स्थित प्रहरी बिटमा खटिएको प्रहरी टोलीले पोखरा ४ सिदार्थचोक बस्ने २७ बर्षीय सुमन परियारलाई पक्राउ गरेको छ ।
परियारको साथबाट सुनको सिक्री थान १ सहित फेला परेको र निजको हुलिया तथा सिक्री सनाखत गर्दा निजले चोरी गरी फरार रहेको देखिएको प्रहरीले जनाएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।