
कास्कीमा नदीजन्य पर्दाथ चोरी निकासी गर्ने ५ ट्रिपर नियन्त्रणमा
पोखरा, ४ पुस/ कास्की प्रहरीले नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न रहेका पाँच टिप्पर नियन्त्रणमा लिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत पर्ने माछापुच्छ्रे गाउँपालिका–१ बाट चोरी निकासी गरी ल्याउदै गरेको अवस्थामा पोखरा महानगरपालिका १९ चितेपानीबाट ट्रिपरलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
प्रहरीले ग१ख १७८, ग१क १५१४, ग२ख ७७, ग१ख ५८६७ र ग१ख ८४२९ नम्बरको टिप्परले कागजपत्र बिना नदिजन्य पदार्थ पोखरा तर्फ लिएर आएको विकले बताए ।
ती सवारी साधनलाई नियन्त्रण पछि आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाइएको छ ।





