समाचार

टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट

टिकटक
काठमाडौं, १ मंसिर/ टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका हुन् । टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । पुरा पढौ

पोखरामा विश्वशान्ती पुजाको तयारी पुरा

पोखरामा विश्वशान्ती पुजाको तयारी पुरा
पोखरा, १ मंसिर/ पोखरामा गुम्बा राप्ने (प्राण प्रतिष्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी पुरा भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताउनुभयो । मंसिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डे गर्नुहुनेछ । पुजाको पूर्व सन्ध्या… पुरा पढौ

लेखनाथको दृष्टिबिहिन आश्रममा आगलागी, करिब ७५ लाख क्षति

लेखनाथको दृष्टिबिहिन आश्रममा आगलागी, करिब ७५ लाख क्षति
पोखरा, ३० कात्तिक/ पोखरा महानगरपालिका २९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिबिहिन आश्रममा आगलागि भएको छ । आगोलागिबाट करिब ७५ लाख बराबरको धनमाल क्षति भएको छ भने पाँच कोठे घर जलेर ध्यस्त भएको छ । बुधबार साँझ करिब ९ बजेको समयमा आगोलागि भएको थियो । दृष्टिबिहिन र अपाङ्गगता भएकाहरु ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा लागेर बेच्ने अगरबत्ति, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगाएतका सामग्रीहरु पनि जलेर नस्ट भएका छन् । उनीहरुले बजारमा विक्रीका लागि लैजान लागेका… पुरा पढौ

पोखरामा सडक दुर्घटनामा परि एमाले नेता भट्टराईको मृत्यु

रघुनाथ भट्टराई
पोखरा, ३० कात्तिक/ पोखरा ५ मालेपाटनमा सडक दुर्घटनामा परेका नेपाल नेता रघुनाथ भट्टराई मृत्यु भएको छ । उनको उपचारक्रममा पोखराको मेट्रो सिटि अस्पतालमा मृत्यु भएको हो । रुपा गाउँ पालिका वडा नम्बर ७ घर भई हाल पोखरा ५ धारापानी बसोबास गदै आएका थिए । उनी नेकपा (एमाले) वडा कमिटी पोखरा ५ का कमिटी सदस्य हुन् । भट्टराईलाई पोखरा ५ मा कात्तिक २४ गते मोटरसाइकलले ठक्कर दिएको थियो । पुरा पढौ

पोखराको नुवारथोकमा कार दुर्घटना

पोखराको नुवारथोकमा कार दुर्घटना
पोखरा, २९ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ७ नुवारथोकमा कार दुर्घटना भएको छ । ग१च ५३७८ नम्बरको कार बराल पम्पको अगाडीको डिभाइडरमा ठोकिएको हो । कार चालक घाइते भएका छन् । उनको चिउडो र टाउकोमा चोट लागेको छ । कार र कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारको ठक्करबाट डिभाडर भत्किएको छ । https://www.youtube.com/watch?v=hX3W867EAAE&t=7s&ab_channel=GandakiNews पुरा पढौ

पोखरामा पर्यटकालाई भाइटिका (फोटो फिचर)

सागर राज तिमिल्सिनापोखरा, २९ कात्तिक/ होटल संघ नेपाल पोखराको आयोजनामा पोखरामा विदेशी पर्यटकले भाई टिका लगाएका छन् । विदेशीका निधारमा टिका र मालामा सझिए पछि उनीहरु पनि मख्ख देखीए । होटल संघ नेपाल पोखराको आयोजनामा १६ औ भाइटिका महोत्सवलाई निरन्तरता पाउदा विदेशी पर्यटकहरु बढ्न थालेका छन् । पोखरामा हुदै आएको भाइटिका महोत्सवमा भाग यस वर्ष उल्लेख्य पर्यटकहरु सहभागी भए । भाइटिका महोत्सवमा १६ देशका ६८ जना पर्यटकले भाग लिएको महोत्सवका संयोजक पार्वती पाण्डेले जानकारी दिइन् । पोखरामा पर्यटकालाई भाइटिका तिहारको… पुरा पढौ

टिकटक बन्द पछि त्यसमा अपलोड भएका सामग्री के हुन्छन् ?

टिकटक
एजेन्सी/ नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर बन्द भएको छ । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने अन्यौलता छ । सञ्चार मन्त्रालयले टिकटकमाथि कसरी रोक लगाएको छ भनेर स्पष्ट जानकारी दिइसकेको छैन । टिकटकमाथि कुनै देशले प्रतिबन्ध लगाउँदा सामान्यतः देशभित्र प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्नुका साथै स्ट्रिमिङ वा डाउनलोडको लागि टिकटक उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा देशभित्र अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिरया गर्न सक्दैनन् । भारतीयले टिकटक रोक लगाउदा प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री… पुरा पढौ

लमजुङको एक घरमा आगलागी, करिब ३३ लाख रुपैयाँबराबरको क्षति

आगोलागि
लमजुङ, २९ कात्तिक/ लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित एक घरमा आगलागी भएको छ । शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । विन्दु श्रेष्ठको २ तले कच्ची घरमा शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको देखिएको… पुरा पढौ

लायन्स शितलचौतारीको सहयोग

लायन्स शितलचौतारीको सहयोग
पोखरा, २९ कात्तिक/ लायन्स क्लब अफ पोखरा शितलचौतारीले पर्वतको लाङ्दीमा रहेको लाङ्दी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरेको अध्यक्ष ललित कुँवरले बताए । उनका अनुसार गाउँको सो विद्यालयमा पढ्ने सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई प्रोत्साहन दिनको लागि लाङ्दीमा सो कार्यक्रम आयोजना गरिएको हो । क्लबले यसअघि कास्कीकै बह्मरुपा माविमा डस्टबिन वितरण,पोखरा रंगशालामा वृक्षरोपण,पोखरा ३२ मा रहेको दुर्गा मन्दिर निर्माणमा पनि सघाएको छ । आवश्यकता पहिचान गर्दै सहयोगको हात फैलाउन क्लबले कन्जुस्याइँ नगर्ने अध्यक्ष कुँवरले… पुरा पढौ

पोखरामा बाबुलाई खुर्पा प्रहार गरी हत्या, फरार छोरो पाल्पाबाट पक्राउ

पोखरामा बाबुलाई खुर्पा प्रहार गरी हत्या, फरार छोरो पाल्पाबाट पक्राउ
पोखरा, २९ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले खुर्पा प्रहारगर्दा बाबुको मृत्यु भएको छ । ५२ बर्षीय रामु क्षेत्रीलाई छोरा २२ बर्षीय रविन क्षेत्रीले खुर्पा (हतियार) प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिए । खुर्पा प्रहार गरी घाइते रामुको चरक मेमोरीयल अस्पताल पोखरामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । खुर्पा प्रहार गरि फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो ।… पुरा पढौ