
सन्दीप लामिछाने
काठमाडौं, १३ पुस/ जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछाने माथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण जनाइएको छ ।





