
पोखरामा श्रीमतीको हत्या आरोपमा रत्नबहादुर प्रकाउ
पोखरा, १२ पुस/ पोखरा २९ नौबिसेमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । तोरी बारीमा लगी घाटी थिचेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले प्रकाउ गरेको छ ।
बिहीबार दिउँसो श्रीमतीको हत्या गरेको र प्रहरीले श्रीमानलाई तत्कार प्रकाउ गरेको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम स्थायी घर भई पोखरा–२९ नौबिसे चोक बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले २९ वर्षीय श्रीमती रेखा घर्तिलाई हत्या आरोपमा पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीषक शारदा प्रसाद चौधरीले जानकारी दिए ।
घर नजिकको तोरी बारीमा लगेर हत्या गरेको प्रारम्भीक अनुसन्धानले देखाएको उनले बताए । स्थानीले घाँटी थिची हत्या गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा कास्की प्रहरी टोली पुगेको थियो । उनले श्रीमतीको हत्या किन गरे भन्ने नखुलेको प्रहरीको भनाई छ ।