पोखरामा आज देखी प्याराग्लाइडिङ संचालन हुने

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०८० मा प्रकाशित


प्याराग्लाइडिङ

file photo

पोखरा, १४ पुस/ पोखरामा आज देखी फष्ट कम फष्ट सर्भिसका आधारमा प्याराग्लाइडिङ संचालन हुने भएको छ ।

व्यवसायीको आन्तरिक कारणले तीन हप्ता देखि ठप्प भएको प्याराग्लाइडिङ शनिबार बिहान देखि फष्ट कम फष्ट सर्भिसका आधारमा संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अनुमति दिएको छ ।

पुस १२ गते सरोकारवालाहरु बिच भएको सहमतीको आधारमा नेपाल सरकारको नीति नियम तथा प्राधिकरणको नीति, नियम अनुरुप उडान सुरक्षाको पत्याभुति हुनेगरि उडान सुरक्षालाई उच्च प्राथमिकता दिई (फष्ट कम फष्ट सर्भिस) का आधारमा उडान गर्न क्यानले अनुमति दिएको हो ।

प्राधिकरणबाट प्रदान गरिएको तोकिएको अधिकार क्षेत्र भित्र रहि सुरक्षित ढंगले मान्देढुंङ्गा क्षेत्रबाट पुनः उडान सुचारु गर्न सकिने पत्रमा उल्लेख भए अनुसारको शनिबार देखि पोखराको सहासिक खेल प्याराग्लाइडिङ संचालन गरिने भएको नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका अध्यक्ष सुनिल भट्टराईले बताए ।