शहीद दिवस र रामनवमीका सार्वजनीक बिदा, जनयुद्ध दिवस बदर

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०८० मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, १४ पुस/ सरकारले शहीद दिवस र रामनवमीका दिन सर्वाजनीक बिदा दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी दिइन् ।

यस अगाडी सरकारले यी दुई दिनको विदा काटेको थियो माघ १६ गते सहित दिवस र रामनवमी अर्थात चैते दशैको रुपमा मनाइन्छ । सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ ।

उता सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।



Tags: