समाचार

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका (भिडियो सहित)

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका
पोखरा, ६ मंसिर/ पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ मा नागढुङ्गामा रहेको युनिक होटलमा मंगलबार बेलुकी एक महिला अचेत अवस्थामा फेला परेकी थिइन् । मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा विकको मंगलबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनले घटना शङ्कास्पद… पुरा पढौ

फेवातालमा ७ हजार भूरा माछा छाडियो

फेवातालमा ७ हजार माछाका भूरा छाडिए
पोखरा, ५ मंसिर/ पोखराको फेवातालमा माछाका भूरा छाडिएको छ । पोखरामा बल्छी खेल्नेहरू बिशेष गरी शहर माछासँग खेल्नेहरूको समूहबाट काली गण्डकी मत्स्य केन्द्रको सहयोगमा फेवातालमा ७ हजार माछाका भूरा छाडिएको हो । शनिबार स्थानीय बासिन्दा सैलेश रायमाँझी, राम परियार, हिमालय प्रोजेक्टका बेल्जियम निवासी पाउल भान्डे मोर्टेल लगाएतले शहर, गर्दी र कत्ले जातका माछाका भूरा तालमा छाडेका हुन् । उनिहरूले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै लोप हुदै गएका शहर, गर्दी र कत्ले जातका माछालाई ब्राण्डिङ गर्नु पर्ने बताए ।… पुरा पढौ

इमेज सहकारी ठगी प्रकरणः फरार रहेका देवकुमारले भने– ज्यान मार्ने धम्की आएपछि भागे (सम्पति कति समेत)

देवकुमार नेपाली
विशन क्षेत्रीपोखरा, ५ मंसिर/ बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरेर भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो मार्फत व्यक्तिगत सम्पत्ति बिक्रीको लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । तर, बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी गत वैशाख पहिलो हप्तादेखि फरार थिए । यो सहकारीले निक्षेपकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । नेपालीविरुद्ध प्रहरीमा समेत मुद्दा परेको… पुरा पढौ

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागि २ जना मानिसको मृत्यु

पोखरा, ५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २९ पटनेरी स्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्न लगाएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मुस्ताङ जोमसोम घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २९ पटनेरी डेरा गरी बस्ने ४६ बर्षीय भीमलाल सुनार र उनी श्रीमती सावित्री सुनारको मृत्यु भएको हो । दुई जना मानिसहरूले माछा मार्नको लागि करेन्ट लगाउने क्रममा करेन्ट लागी मानिसहरु घाईते भएको भन्ने सूचना प्राप्त हुनासाथ ई प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली गएको थियो… पुरा पढौ

नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीको उमेद्वारी घोषणा

सन्तोष पराजुली
पोखरा, ४ मंसिर/ नेपाल औषधी व्यवसायी संघ कास्कीको वरिष्ठ उपाध्यक्ष पदमा सन्तोष पराजुलीले उमेद्वारी घोषणा गरेका छन् । नेपाल औषधी व्यवसायी संघ कास्कीको मंसिर ८ र ९ गते पोखरामा हुने दोस्रो जिल्ला अधिबेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । औषधीको सहि सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराका साथ उनले उमेद्वारी दिएको बताए । उनी फिस्टेल फार्मेसी प्रालि गैहपाटन, पुकार मेडिसेल्स, समिक्षा मेडिसेल्स, तालबाराही फार्मेसी लगाएतकाका सञ्चालक हुन् । पुरा पढौ

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

दुर्घटना
बुटवल, ४ मंसिर/ रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । पुरा पढौ

पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

पोखरामा पनि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व तस्बिरः सञ्जय शाक्य
पोखरा, ४ मंसिर/ सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन भएको छ । उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । पोखराको केदारेश्व फेवाताल घाट, नदिपुर, कालिखोला खगाएतका ठाउमा रातभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् । हिजो अस्ताउँदै गरेको सूर्य तथा… पुरा पढौ

पञ्चासेमा चोरी सिकारी बढ्यो, प्रहरी मौन

पञ्चासेमा जैबिक बिबिधता पार्क
पोखरा, २ मंसिर/ कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगम स्थल पञ्चासेमा चोरी सिकारी बढेको छ । पछिल्लो समय पञ्चासे क्षेत्रका वनमा कालिज, मृग लगाएतको चोरी सिकारी बढेका स्थानीयले बताए । दशै तिहारको विदाका बेला चोरी सिकारी अझ बढेको अन्नपुर्ण गाउँपालिका भदौरेका स्थानीय नवराज पौडेलले जानकारी दिए । उनका अनुसार कतिपय स्थानीय र बाहिरका मानिसहरु समेत बन्दुक लिएर सिकारका लागि त्यस क्षेत्रमा पुग्ने गरेको बताए । बोरामा बन्दुक बोकेर सिकार गर्न जाने गरेको उनको भनाई छ । पञ्चासे क्षेत्रमा अन्नपूर्ण गाउँपालिकाको… पुरा पढौ

धनगढीमा आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति

आगोलागि
धनगढी, २ मंसिर/ धनगढीमा विद्युत सर्ट भएर आगलागी हुदाँ अस्पताल सहित ८ वटा पसलमा क्षति भएको छ । धनगढीको रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको हो । आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सु सेन्टर, सुभिक्षादेवी सपिङ्उ सेन्टर, भट्ट ट्रेडर्स एण्ड सप्लायर्स लगायतका पसलमा क्षति पुगेको छ । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ । धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार… पुरा पढौ

कास्कीमा श्रीरामलाई हतियार प्रहार गरी घाइते बनाएको आरोपमा जुमकाजी पक्राउ

कास्कीमा श्रीरामलाई हतियार प्रहार गरी घाइते बनाएको आरोपमा जुमकाजी पक्राउ
पोखरा, १ मंसिर/ कास्की प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा एक जनालाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–६ बस्ने श्रीराम देवकोटालाई हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा जुमकाजी विकलाई प्रहरीले पक्राउ गरेको हो । जुमकाजीलाई जिल्ला अदाल कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपक्षिक श्रवणकुमार विकले जानकारी दिए । कार्तिक २७ गते बिहान ९ बजेको समयमा देवकोटा घरमा बसिरहेको अवस्थामा जुमकाजीले धारिलो हतियार (हसिया) प्रहार गरेर घाइते बनाएका थिए । देवकोटालाई… पुरा पढौ