
पोखरामा अङ्ग्रेजी नयाँ वर्षको स्वागत हजारौं सडकमा, अहिले सम्म कै धेरै आएको दावी
सागर राज तिमिल्सिना
पोखरा, १६ पुस/ पोखरामा अङ्ग्रेजी नयाँ वर्षको स्वागतका लागि हजारौं सडकमा उत्रिएका छन् । पर्यटकीय नगरी पोखरामा अग्रेजी वर्ष २०२३ लाई बिदाइ र २०२४ लाई भब्य रुपमा स्वागत गरे ।
पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । स्वागतमा गरिएका विभिन्न कार्यक्रमको दृश्य हेर्न लाएक थियो । रातको १२ बन्नै लाग्दाको दृश्य निकै लोभ लाग्दो थियो ।
जतिबेला नयाँ वर्ष भर्खर पाइला टेकेको मात्र थियो । आतिस बाजीले सबैलाई उल्लासमय बनायो । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएहरुले शुभकामना आदान प्रदान गरे ।
मानिसहरु संगितको तालमा झुम्दै साथीहरु सँग नयाँ बर्षको शुभकामना दिए । आकाशमा आतिसबाजिले पोखराको रात्री माहौललाई अझ झिलीमिलि र सबैलाई उत्साहीत बनाएको थियो ।
आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य पोखरा बनेको छ । अंग्रेजी होस् या नेपाली नयाँबर्ष पोखरा सबैको पहिलो रोजाइमा पर्छ ।
रेवान पोखरा आयोजनामा भएको पोखरा सडक महोत्सवमा रम्दै नयाँ वर्षको स्वागत गर्न आन्तरीक तथा विदेशी पर्यटक र पोखरेलीहरु लेकसाइडमा मानवसागर उर्लिएको थियो ।
पोखराको लेकसाइडमा अग्रेजी नयाँ वर्षलाई लक्ष्त गरेर विगत २५ वर्ष देखी सडक महोत्सव हुदै आएको छ । यस वर्ष धेरै स्वदेशी, भारतीय, बंगादेश र अन्य देशका पर्यटकहरु नयाँ वर्ष मनाउन पोखरा आएका रेवान पोखराका पुर्व अध्यक्ष बलराम पहारीले बताए ।
उनले ठुलो सख्यामा पोखरामा नयाँ वर्ष मनाउन आएको बताउदै रेवान पोखरा सफल भएको बताए । उनले हिजो मात्रै करिब ५ लाख मानिसहरु नयाँ वर्ष मनाउन लेकसाइड आएको बताए । उनले यसरी एक दिन अहिले सम्म कै धेरै आएको दावी गरे ।
नयाँ वर्षको स्वागत गर्न गएका विदेशि तथा स्वदेशि पर्यटकहरुले लेकसाइडको सडकमा खचाखच भरिएको थियो । सबैले पिडा भुलेर नयाँ संकल्प, नयाँ उद्देश्य र नयाँ उर्जाका साथ पोखरामा नयाँ बर्ष २०२४ को भब्य स्वागत गरे ।





