पोखराको लेकसाईडमा राती आतिसबाजी हुने

-


     क्लिक गण्डकी     
     पौष १५ गते २०८० मा प्रकाशित


आतास बाजि

आतास बाजि

पोखरा, १५ पुस/ पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती आतिसबाजी सहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेबान पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५ औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको छ ।

रेवान पोखराले विगत २५ बर्ष देखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज मध्यरात १२ः०० बजे पछि नयाँ अग्रेंजी बर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी गर्न लागिएको हो ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारी भई रहदा पोखरामा विगत लामो समय देखि पर्यटन प्रबद्र्धनको निम्ती महोत्सव हुदै आएको छ । आतिशबाजी हेर्न कास्की सहित छिमेकी जिल्लाबाट समेत दर्शकहरु आउने गरेको बताइएको छ ।

सडक महोत्सवमा आज बरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुली ,बद्रीपंगेनी, चर्चित गायिक समिक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहने बताइएको छ ।



Tags: