सूर्य दर्शन सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी पक्राउ

-


     क्लिक गण्डकी     
     पौष १४ गते २०८० मा प्रकाशित


कैलाश कुमार दर्लामी

कैलाश कुमार दर्लामी

पोखरा, १४ पुस/ सहकारी ठगी कसुरमा सूर्य दर्शन बचत तथा ऋण सहकारी पोखराका उपाध्यक्ष कैलाश कुमार दर्लामी पक्राउ परेका छन् ।

रामेछापका ३८ वर्षीय दर्लामी सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी आरोपमा रामेछापबाट पक्राउ परेका हुन् । दर्लामीलाई बिहीबार रामेछापबाट पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका ४ नालाकोमुखमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु माथी निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना गरेको आरोप छ ।

सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । सूर्यदर्शन सहकारीविरुद्ध १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित जाहेरी दिएका छन् ।

१९ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा उनी सहित २ जनामात्रै पक्राउ परेका छन् । कोषाध्यक्ष कुमार रम्तेललाई पुर्पक्षका लागि कारागार चलान भई सकेका छन् ।