
लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु
पोखरा, १४ पुस/ पोखरा २७ लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विहान करिब ९ बजे बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँएको थियो । सोही ठाउँको फुटपाथमा व्यवापार गर्ने भारतकी इसरावती कुमारीको मृत्यु भएको हो ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
दुर्घटनामा तनहुँ म्याग्दे १ का ४६ वर्षीय रामजी गन्दर्भ र पर्सा दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् । उनीहरुको खुट्टामा चोट लागेको छ । उनीहरुको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।





