मर्दी ट्रेकिङ गएका स्वीडेनी पर्यटक सम्पर्कविहीन
पोखरा, १५ पुस/ कास्कीको माछापुच्छ«े गाउँपालिका मर्दी ट्रेकमा एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका छन् ।
मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
शनिबार बिहान झोला होटलमा नै छाडेर पानीको बोतल र टचलाई लिएर होटलबाट हिडेका थिए । दिऊसो सम्म नफर्किएपछि उनको खोजी कार्य भइरहेको उनले बताइन् ।
उनलाई खोजी गर्न गाउँपालिकाबाट मान्छे खटाएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ लागेको छ ।
स्वीडेनी नागरिक सम्पर्कविहिन भएको प्रहरी र सम्बन्धित दूतावासलाई जानकारी दिएको उपाध्यक्ष अधिकारीले बनाइन् ।