
भूकम्प
पोखरा, १६ पुस/ सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।