समाचार

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी (कस्को कति मत सहित)

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मत परिणाम अनुसार मायानाथ अधिकारीलाई १ सय ६६ मत अन्तरले हराए । शर्माले ५ सय ३१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन थियो । अन्य पदमा पनि शर्मा प्यानलका उमेद्वार बिजयी भएका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् । उनले बाबुराम विकलाई… पुरा पढौ

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका
पोखरा, १८ असोज / लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने… पुरा पढौ

एमाले गण्डकीको निर्वाचन सकियो, मत गणना केही समय पछि

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १८ असोज/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि बिहीबार भएको निर्वाचनमा ८ सय ९६ मत खसेको छ । ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा मतदानमा ८ सय ९६ जनाले भाग लिएका निर्वाचन कार्यालयले जनाएको छतोकिएका उम्मेदवारलाई मत राख्नको लागि झण्डै १५ मिनेट समय लाग्ने अनुमान गरिएपनि कुनै मतदाताले एक घण्टा १५ मिनेट सम्म समय लगाएको निर्वाचन कार्यालय एक सदस्यले बताए । त्यही कारणले निर्धारित समयमा मतदान कार्य सम्पन्न हुन नसकेको हो । निर्वाचन तालिकामा कार्यालयले साढे… पुरा पढौ

लेखनाथमा पोखरा महानगरको अनुगमन, म्याद नाघेका र अखाद्य बस्तु नष्ट

लेखनाथमा पोखरा महानगरको अनुगमन, म्याद नाघेका र अखाद्य बस्तु नष्ट
पोखरा, १८ असोज/ नेपालीहरुका ठूला चाडपर्वहरु नजिकिदै गएका छन् । चाडपर्वसंगै किनमेल गर्नेहरुको भिडभाड बजारमा विस्तारै बढने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुनपसलहरुमा उपभोक्ताको भिड बढने क्रमसंगै महंगि बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्ने मौकाका रुपमा व्यवसायीले छोप्ने भएकाले पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो । चाडपर्वमा उपभोक्ता नठगिउन भन्ने उद्देश्यले… पुरा पढौ

कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भनेः ‘यहाँ सम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ’

कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भनेः ‘यहाँ सम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ’
पोखरा, १८ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने ‘तिब्बत तर्फ भौतीक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ ।’ नाका खोल्ने योजना भईरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङ तर्फ कुनैपनि संरचना नहुँदा भोली समस्या आउन सक्ने उनले बताए ।… पुरा पढौ

अमेरिकी डीभी चिठ्ठा खुल्यो, डीभी भर्दा के ख्याल गर्ने ?

डीभी चिठ्ठा
पोखरा, १८ असोज/ अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) सन् २०२५ लागि बुधबारदेखि आवेदन खुलेको छ । कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा भर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://dvprogram.state.gov/ धधध.मखयिततभचथ.कतबतभ.नयख… पुरा पढौ

काठमाण्डौबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्कियो

नेपाल एअरलाइन्स
काठमाण्डौ, १८ असोज/ काठमाण्डौबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाण्डौ नै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १ घण्टामै बुधबारराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाण्डौ फर्किएको हो । जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । बुधबार राति १२ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थलका प्रवक्ता सुवास झाले… पुरा पढौ

एमाले गण्डकी अधिबेशन, शर्मा र अधिकारीको अध्यक्षमा, १६२ पदका लागि ३८२ जनाको उमेद्वारी

एमाले गण्डकी अधिवेशनः नवराज र मायानाथको प्यानल तयार
पोखरा, १७ असोज/ नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन दिएको जानकारी अनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र… पुरा पढौ

बेगनास तालमा युवक मृत फेला

पाैडी डुवेर
पोखरा, १६ असोज/ कास्कीको बेगनास तालमा प्यूठानका एक युवक मृत फेला परेका छन् । प्यूठान मल्लरानी गाउँपालिका–४ खलंगाका २२ वर्षीय अनिश श्रेष्ठ बेगनास तालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ अलैची कुना स्थित बेगनास तालमा तैरियको अवस्थामा श्रेष्ठको शव फेला परेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घटनास्थलको अनुसन्धान अगाडी बढाएको र शवको पोष्टमार्टका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए । पुरा पढौ

दशैको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

दशै
काठमाडौं, १६ असोज/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात असोज २८ गते आइतबार हुनेछ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने उनले बताए । त्तिक ७ गते विजयादशमीका… पुरा पढौ