पोखरा २३ सिधानेका यामबहादुरलाई पञ्चासे हर्पन डाँडा युके समाजको आर्थिक सहयोग

-


     क्लिक गण्डकी     
     पौष १७ गते २०८० मा प्रकाशित


पोखरा २३ सिधानेका यामबहादुरलाई पञ्चासे हर्पन डाँडा युके समाजको आर्थिक सहयोग

पोखरा २३ सिधानेका यामबहादुरलाई पञ्चासे हर्पन डाँडा युके समाजको आर्थिक सहयोग

पोखरा, १७ पुस/ पोखरा २३ सिधानेका आर्थिक अवस्था कमजोर भई उपचारमा समस्यामा परेका यामबहादुर गुरूङलाई पन्चासे हर्पन डॉडा युके समाजले आर्थिक सहयोग गरेको छ ।

पन्चासे हर्पन डॉडा युके समाजको विशेष पहलमा संकलन गरिएको ९ लाख २५ हजार ३ सय ३४ रूपैयाँ समाजका अध्यक्ष देउकाजी गुरूङले सोमबार हस्तान्तरण गरे ।

याम गुरूङको गत मंसिर ८ गते मनमोहन अस्पतालमा अप्रेशन गरि देव्रे खुट्टा काटिएको थियो। आर्थिक अवस्था कमजोर भएका ४० वर्षीय याम बहादुर गुरूङ गांउमै किसानी काम गर्दै आएका छन् ।

समाजले विशेष गरि सिधाने, कुद्वीडांडा, दमदमे र मकानपुरका ४ गाउँका नागरिकका लागि विभिन्न आर्थिक सहयोग गर्दै आएको छ ।

युके समाजले शैक्षिक, सामाजिक तथा अन्य क्षेत्रमा महत्वपूर्ण सहयोग समेत गर्दै आएको छ । कोरना कहरको समयमा स्थानीय गाँउमा उल्लेख राहत वितरण गरेको थियो ।