रवि लामिछानेलाई खोइला हान्ने रानाभाट रिहा

-


     क्लिक गण्डकी     
     पौष १८ गते २०८० मा प्रकाशित


पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा

पोखरा, १८ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोइला प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार उनलाई साधारण तारेखमा रिहा गरेको हो ।

पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोइला प्रहार गरेका थिए । त्यसपछि पक्राउ परेका रानाभाटलाई लामिछानेले नथुन्न र कारबाही नगर्न भनेपनि प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान गर्न म्याद थपेको थियो ।

उनलाई १० दिन म्याद थप भएको थियो । कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

खोइला हाने पछिको भिडियोमा पार्टीका कार्यकर्ताले उल्टो रानाभाटलाई पिटेको देखीएपनि प्रहरीले भने अभद्र व्यवहारमा म्याद थप गरेको थियो ।