समाचार

पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण, बैंकको सावाँ र व्याज तत्काल तिर्न नसक्ने घोषणा

पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण, बैंकको सावाँ र व्याज तत्काल तिर्न नसक्ने घोषणा
पोखरा, २६ असोज । कोभिड १९ का कारण पर्यटन क्षेत्र शिथिल बन्न पुगेको जनाउँदै होटल संघ पोखरा नेपालले व्यवसाय टिकाउनका लागि आबश्यक सहजिकरणका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई एक ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भए अनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनरतालिकिकरण, पुनर्संरचना र पुनर्लगानीको व्यवस्था प्राथमिकताका साथ हुनु पर्ने भन्दै संघले केन्द्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षष गराएको हो । यसका लागि संघको एक टोली शुक्रबार नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगी त्यस… पुरा पढौ

पोखराको विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजा, पुजारीलाई मासिक तलब

विन्ध्यवासिनी मन्दिर
पोखरा, २५ असोज/ पोखराको विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजाको तयारी गरिएको छ । भेटी र दान घटेपछि आम्दानी बढाउन मन्दिरले इन्टरनेट पूजाको तयारी गरेको हो । कोरोना कालमा पनि इन्टरनेटबाट पूजा गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र समितिका सचिव तीर्थ श्रेष्ठले बताए । उनले विदेशबाट पुजा गर्नका लागि अनुरोध गर्दै आएको बताउदै इन्टरनेटबाट गर्ने बारेमा छलफल भएको बताए । २०७३ सालबाट मन्दिरको भेटी समितिले लिन थालेको हो । यसअघि पुजारीले लिँदै आएका भेटी व्यवस्थापन समितिले लिनेर पुजारीहरुलाई तलब दिने गरेको उनले बताए ।… पुरा पढौ

मुस्ताङमा लेक लागेर तीन विदेशी पर्यटकको मृत्यु

मुस्ताङ, २४ असोज/ मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना, भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन् । लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो । अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेको… पुरा पढौ

विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन

विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन
कास्की २४ असोज/ कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए । घटस्थापनाको… पुरा पढौ

पोखराको प्याराग्लाइडिङ फेरि तोरीपानीबाटै उड्ने

प्याराग्लाइडिङ
पोखरा, २४ असोज/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरा २४ मान्द्रेढुंगा सरेको पोखराको प्याराग्लाइडिङ फेरि तोरीपानी नै सरेको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडाउन सहमति पाएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए । अन्तर्राष्ट्रिय उडानमा समस्या देखीने भन्दै सराङकोट र तोरीपानीबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ७ किलोमिटर पर मान्द्रेढुंगा सरेको थियो । केन्द्र, प्रदेश र स्थानीय सरकार नागरिक उड्यान सँगको समन्वय एंव सहयोगमा तोरीपानीको बाहकोट, खपौदी र चंखपुर क्षेत्रमा टेकअफ ल्याण्डिङ व्यवस्थापनका… पुरा पढौ

मयेरआचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता, खानेपानी ट्याङ्कीको समाधानका लागि पहल गर्ने

मयेरआचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता, खानेपानी ट्याङ्कीको समाधानका लागि पहल गर्ने
पोखरा, २३ असोज/ नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो । “हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने… पुरा पढौ

पोखरामा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना

कुकुर
पोखरा, २३ असोज/ घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने सुचना जारी गरेको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् । एनले घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको जनगुनासो आएपछि महानगरले निगरानी सुरूको बनाईन् । कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरमा खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन् । उनले… पुरा पढौ

मणिपाल शिक्षण अस्पताल र माछापुच्छे« बैंकबीच सम्झौता

मणिपाल शिक्षण अस्पताल र माछापुच्छे् बैंकबीच सम्झौता
पोखरा, २३ असोज/ पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छे« बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ«े बैक बैक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज… पुरा पढौ

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

विन्ध्यवासिनी मन्दिर
पोखरा, २३ असोज/ विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा… पुरा पढौ

इजरायलमा नेपालीको मृत्युः मंगलबार राष्ट्रिय शोक घोषणा, परिवारलाई १०/१० लाख

इजरायलमा हमासको आक्रमण, ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर
काठमाडौं, २२ असोज/ इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गरेको हो । इजरायलमा रहेका नेपाल आउन इच्छुक नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय गरेको छ । त्यसै गरी मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय गरेको छ । यस अगाडी एक मन्त्रीले सार्वजनिक बिदा दिने भने पनि विदा नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा… पुरा पढौ