पोखरामा बच्चाको कानको मुन्द्रा चोरेको आरोपमा एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     पौष २६ गते २०८० मा प्रकाशित


पोखरामा बच्चाको कानको मुन्द्रा चोरेको आरोपमा एक जना पक्राउ

पोखरामा बच्चाको कानको मुन्द्रा चोरेको आरोपमा एक जना पक्राउ

पोखरा, २६ पुस/ पोखरामा ६ वर्षीय एक बालिकालाई फकाएर कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ हुन् ।

श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २ सय ४० रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।

श्रेष्ठलाई चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरिएको उनले बताए । उनले यसअघि पटके कारबाही भोगिसकेकी विकले बताए ।

उनले यसअघि पनि पटकपटक गरेर १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।