प्याराग्लाइडिङ
पोखरा, २३ पुस/ पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ । अहिले कम्पनिले ३ देखि ६ हजार रुपैयाँमा उडाउन थालेका छन् । यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो ।
प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो ।
नेपाल हवाई खेलकुद संस्था (ना), प्याराग्लाइडिङ कम्पनी र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो ।
खुला बजार नीति अनुसार व्यावसायीले मूल्य तोकेर उडान गर्ने सहमती पछि उठान सुल्क घटेको हो । यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेको व्यावसायीले नै बताएका छन् ।