घर जग्गा कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित

-


     क्लिक गण्डकी     
     पौष २५ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, २५ पुस/ पोखराको घर जग्गा कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको छ । मंगलबार बन्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेन्डा नराखेपछि नेपाली काग्रेसबाट वडाध्यक्ष भएकाहरु बैठकमा सहभागीता नजाउने भने भने पछि बैठक स्थगित भएको हो ।

पोखरा महानगरपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको कांग्रेसले मंगलबार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा राख्न सुझायो । तर महानगरले कर घटाउने बारेको एजेन्डा बैठकमा राखेन ।

एजेन्डा नै समावेश नभएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराए र महानगरबाट निस्किए । बैठक सुरु नहुँदै स्थगित भयो ।

पुस २९ गते महानगरको हिउँदे सभा बोलाइएको छ । त्यसअघि सभामा प्रस्तुत हुने कार्यसूची पास गर्न कार्यपालिका बैठक डाकिएको हो ।

मंगलबार सहमति नभएपछि २८ गते बैठक बस्नेगरी स्थगित गरिएको महानगरका प्रवक्ता मोती तिमिल्सीनाले बताए । पोखरा महानगरले लिने मालपोत करको पोहोर भन्दा दोब्बर कर बढेको छ ।



Tags: