मित्रमिलन सहकारी ठगी प्रकरणः सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

-


     क्लिक गण्डकी     
     पौष २६ गते २०८० मा प्रकाशित


मित्रमिलन सहकारी ठगी प्रकरणः सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

मित्रमिलन सहकारी ठगी प्रकरणः सहकारीका लेखा संयोजक अधिकारी पक्राउ

पोखरा, २६ पुस/ मित्रमिलन सहकारी पोखरामा ठगी आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी रहेका छन् ।

बुधबार पक्राउ गरेर बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । अधिकारीलदाई पोखरा महानगरपालिका १३ कसेरीमा रहेको निवासबाटै पक्राउ गरिएको उनले बताए ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्व रजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुली सहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

मित्रमिलन सहकारी प्रकरणमै पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदी सहित ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सहकारीको करिब ३२ करोड रकम हिनामिना पारेको आरोप छ । जसमध्ये अझै २५ जना फरार छन् ।



Tags: