पोखरा, १७ पुस/ पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउमा जिल्ला अदालत कास्कील ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कुश्मा प्रमुख प्रशासकीय अधिकृत रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायधीश ऋषिराज आचार्यको इजलाशले सहकारी ठगी प्रकरणमा जोडिएका पराजुली सहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पराजुलीले राजिस्ट्रार हुदाँ मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख…
पुरा पढौ