समाचार

यती एयरको पोखरा भएको दुर्घटनामा मानवीय त्रुटि

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा
पोखरा, १२ पुस/ माघ १ गते २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँचबुज आयोगले बिहीबार प्रतिवेदन सरकारलाई बुझाएको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष लिकालेको छ । दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुइँमा झरेको थियो । यसो… पुरा पढौ

‘सडक मै खाउ सडक मै रमाउ’ पोखरा सडक महोत्सव शुरु (फोटो फिचर)

‘सडक कै खाउ सडक मै रमाउ’ पोखरा सडक महोत्सव
सागर राज तिमिल्सिनापोखरा, १२ पुस/ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना पोखरा सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई प्रथामिकता दिदै महोत्सव शुरु भएको हो । महोत्वको पोखराका मयेर धनराज आचार्यले उद्घाटन गरे । रेवानाले २५ औ वर्ष प्रबेशको अवसर पारेर पोखराका विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मानीत भए । ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा सहित २५ वर्ष देखी पोखराको लेकसाइडको करिब ३ किलोमिटर… पुरा पढौ

पोखरामा श्रीमतीको हत्या आरोपमा रत्नबहादुर प्रकाउ

पोखरामा श्रीमतीको हत्या आरोपमा रत्नबहादुर प्रकाउ
पोखरा, १२ पुस/ पोखरा २९ नौबिसेमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । तोरी बारीमा लगी घाटी थिचेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले प्रकाउ गरेको छ । बिहीबार दिउँसो श्रीमतीको हत्या गरेको र प्रहरीले श्रीमानलाई तत्कार प्रकाउ गरेको हो । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम स्थायी घर भई पोखरा–२९ नौबिसे चोक बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले २९ वर्षीय श्रीमती रेखा घर्तिलाई हत्या आरोपमा पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीषक शारदा प्रसाद चौधरीले जानकारी दिए ।… पुरा पढौ

पोखरामा एक पछि अर्को सवारी दुर्घटना

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, १२ पुस/ पोखरामा दुई साताको अन्तरमा चार जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो । त्यसअघि गत मंसिर २४ मा पोखरा–२६ सुन्दरी बजारमा कारले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भयो । पोखरा–बागलुङ राजमार्गको जिरो किमीदेखि हरिचोक खण्डमा मात्र गत साउनयता सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनाको… पुरा पढौ

पोखरा प्रस्याङ कार दुर्घटनाका फरार चालक प्रहरी सम्पर्कमा

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, १० पुस/ पोखरा ५ प्रस्याङमा सवारी दुर्घटनापछि फरार भएका कार चालक प्रहरीको सम्पर्कमा आएका छन् । मंगलबार साझँ कार चालक आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खादरजुङ्गका ३२ बर्षिय भक्तराम गुरुङ प्रहरी सम्पर्कमा आएका हुन् ।बा१३च ३७२१ नम्वरको कारले ठक्कर दिँदा दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का अन्दाजी २० वर्षका ढालेन्द्र छन्त्याल रहेका… पुरा पढौ

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, १० पुस/ पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा गएराति बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट २ जनालाई ठक्कर दिदा मृत्यु भएको हो । मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ । पुरा पढौ

घाँस काट्न गएका सासु–बुहारी जंगलमा मृत फेला

नवलपुर, ९ पुस/ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जंगलमा घाँस काट्न गएका सासु–बुहारी मृत फेला परेका छन् । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल जंगलमा मृत फेला परेका हुन् । खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किए पछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए… पुरा पढौ

पोखरामा बीरेन्द्रको पुर्ण कदको शालिक पुनस्थापना

पोखरामा बीरेन्द्रको पुर्ण कदको शालिक पुनस्थापना
पोखरा, ९ पुस/ पोखरामा बीरेन्द्रको पुर्ण कदको शालिक पुनस्र्थापना गरेकोछ । पोखरा १० बीरेन्द्र चोकमा स्व. श्री ५ बीरेन्द्र वीर विक्रम शाहको ८ फिट अग्लो पुर्ण कदको शालिक पुनर्स्थापना गरेको हो । २०६२/६३ को जनआन्दोलन पछि त्यहाँ रहेको बीरेन्द्रको शालिकको हटाएको थियो । बीरेन्द्र चोक संरक्षण समितिले बीरेन्द्रको शालिक राखेको हो । सो चोकको निर्माण गर्न र सालिक निर्माणका लागि करिब २५ लाख लाग्ने अनुमान गरीएको समितिका सचिब अरुण गिरीले बताए । पहिले सहित क्षेत्रबहादुर केसीले बीरेन्द्रको शालिक स्थापना गरेको… पुरा पढौ

पोखराको गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड

गुप्तेश्वर महादेव गुफा
पोखरा, ९ पुस/ पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ । गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८ औँ वार्षिक साधारणसभामा आम्दानी सार्वजनीक गदै टिकट बिक्रीबाट रु चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार छ… पुरा पढौ

अन्नपूर्ण पदयात्रामा मृत्यु भएका ट्रेकिङ गाइडका परिवारलाई १० लाख

अन्नपूर्ण पदयात्रामा मृत्यु भएका ट्रेकिङ गाइडका परिवारलाई १० लाख
पोखरा, ९ पुस/ कास्कीको अन्नपूर्ण पदयात्रामा मृत्यु भएका ट्रेकिङ गाइड सहयोगी तुलबहादुुरको परिवारलाई १० लाख पर्दान गरेको छ । भदौ ३० गते अन्नपूर्ण पदयात्राका क्रममा म्याग्दीका तुलबहादुरको मृत्यु भएपछि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आइतबार परिवारलाई इन्सुरेन्सबाट प्राप्त भएको रकम १० लाखको चेक हस्तान्तरण गरेको हो । तुलबहादुरका श्रीमतीद्वय मीनाकुमारी गुरुङ र पदमसुवा तामाङलाई चेकमार्फत १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेको हो । टान गण्डकी सदस्य रहेको इस्टर्न लाइट ट्रेक्स एन्ड एक्सपिडिसनबाट तुलबहादुर कोरियनलाई लिइ अन्नपूर्णको पदयात्रामा लिएर… पुरा पढौ