
दुर्घटना
पोखरा, १९ पुस/ वीरगञ्जबाट पोखरा आउदै गरेको यात्रु बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना भएको छ । दुर्घटनामापरि ३२ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा ल्याएको प्रहरीले जानकारी दिएको छ ।
बिहान करिब पौने ५ बजे बाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थानको नजिकैको सडकबाट खोलामा खसेको हो ।