
भिटोफ गण्डकी अध्यक्षमा शोमाकुमारी अधिकारी
पोखरा, २० पुस/ गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको अध्यक्षमा शोभाकुमारी अधिकारीको नेतृत्वमा नयाँ समिति चयन भएको छ ।
भिटोफ गण्डकीको नवौं साधारणसभा तथा चौंथो अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्वितीय उपाध्यक्षमा सुशीला भण्डारी चयन भएका छन् ।
भिटोफको सचिवमा लक्ष्मण पहारी, कोषाध्यक्षमा शरण गुरुङ, सहसचिवमा विश्व क्षेत्री चयन भए । सदस्यमा चिन्तामणि पोखरेल, भावना रानाभाट, विमल सापकोटा चयन भएका छन् ।
निर्वाचन संयोजक तारानाथ पहारी र सदस्य गोपाल थापा र रवीन्द्रराज पौडेल रहेको समितिले नयाँ समितिलाई शुभकामना दियो । साधारण सभाको अवसरमा पत्रकार संजय रानाभाट गाउँ पर्यटन पत्रकारीता पुरस्कारबाट सम्मानीत भएका थिए ।