![दुर्घटना दुई जनाको मृत्यु भएपछि कारचालकलाई कारवाहीको माग गर्दै पीडितहरु अदालतमा](https://clickgandaki.com/wp-content/uploads/2024/01/acc-ma-deth-afanta.jpg)
दुर्घटना दुई जनाको मृत्यु भएपछि कारचालकलाई कारवाहीको माग गर्दै पीडितहरु अदालतमा
पोखरा, २१ पुस/ मंसिर २४ गते आइतबार साँझ कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु हुन पुगेको थियो । दुर्घटनामा परी पोखरा महानगरपालिका २५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा ५ जिरोकिमी बस्ने २४ वर्षीया भावना बरालको मृत्यु भयो ।
पृथ्वीराजमार्गस्थित पोखरा २६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त कार अर्घौं निवासी मानबहादुर बानियाँले चलाएका थिए ।
ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यतिबेला कार चालकलाई छुटाउन राजनीतिक दलका नेता, सांसद लागि परेका भन्दै मृतकका आफन्तले शुक्रबार अदालत अगाडी धर्ना दिए । पीडितका आफन्तजनहरुले धर्ना दिदैं अन्य गर्नेले दण्ड सजाय पाउनै पर्ने बताए ।