
जुवा तास
पोखरा, २२ पुस/ कास्की पोखरा महानगरपालीका वडा नम्बर १२ चापापानी स्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलिले जुवातास खेली रहेका उनीहरुको साथबाट ४ बुक तास र नगद १ लाख ३५ हजार ९ सय ८५ रुपैया सहित पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेका लागि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान अगाडी बढाएको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा १० की पञ्चमाया गुरुङ, पोखरा ३० शिशुवा का गोपी गुरुङ, पोखरा १६ दिप बस्ने रुपा गुरुङ, पोखरा १३ का देवी बहादुर गुरुङ, पोखरा १२ की पुर्णिमा गुरुङ, धुत प्रसाद गुरुङ, मैत कुमारी गुरुङ र पोखरा ११ बस्ने कृष्ण मायाँ थापा रहेका छन् ।